skip this वडा नं १६ बालाजु च:मती

काग्रेस सितको सत्तागठबन्धन भत्कियो , नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नयाँ सत्ता सहकार्य गर्ने सहमति ।

२१ फागुन, काठमाडौं । नेपाली काग्रेस सहितका दल सामेलगराई माओबादीले बनाएको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति भएसंगै यस अघि नेपाली कांग्रेस सहितकोे गठबन्धन भत्किएको हो।
हिजो आईतबार अबेर सम्म चलेको माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । अब पुन गत वर्ष १० पुसमा बालकोटमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको छ ।
अबको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लाई सरकारमा समेट्ने ुबुझिएको छ । आज बिहान एमाले अध्यक्ष के पी ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने र एमालेबाट पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।माओबादी स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् ।