चितवन । रूपन्देहीबाट काठमाडौं जाँँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसी दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम कुमार केसीले जानाकारी दिनु भयो । दुर्घटनामो ३७ घाईते भएकाछन । गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी केसीले जानकारी दिए।बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत नभएको उहाँले बताउनु भयो । बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको हो।चालक लुम्बिनी संस्कृति नगरपालिका–९ का हरि रामलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली उद्धामा खटिएको छ




















