skip this वडा नं १६ बालाजु च:मती

जसपा सरकारमा सामेल, उपेन्द्र यादव र साहले लिए शपथ

पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको अहिलेको सरकारमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका छन् । नवनियुक्त मन्त्री यादवलाई शितल निवासमा आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

त्यस्तै, जसपा सांसद नवलकिशोर साह वन मन्त्री बनेका छन् । उनले राष्ट्रपति पौडेलबाट शपथ लिइसकेका छन् । यादव बारा क्षेत्र नम्बर २ र साह सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

गत सोमबार नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएसँगै हालसम्म सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल भएका छन् ।