कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीन मन्त्रीको नाममा सहमति जुट्न नसकेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सात जना आकांक्षीको नाम पार्टी केन्द्रमा पठाएको छ ।
मन्त्री छनोटको जिम्मेवारी अब नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले टुंग्याउने भएका छन् । सोमबार बिहानसम्म पनि प्रदेशमा सहमति नजुटेपछि नाम केन्द्रमा पठाइएको हो। केन्द्रले नाम टुंगो लगाएपछि मात्रै मन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।


















