अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सहायक वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग सात हजार घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनले भने, ‘काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग सात हजार रुपैयाँ घुसररिसवत लिएको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।’ पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।
सिइओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवं प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
उनले भने, ‘सिइओ मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न आज म्याद थप भएको छ ।’ केन्द्रीय अनुसन्धान ब्यूरो९सीआइबी० ले गएको माघ १५ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
तीन थान नक्कली सवारी दर्ता किताबसहित दुई पक्राउ
काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–५ घर भई हाल चितवन भरतपुर महानगरपालिका–७ बस्ने २३ वर्षीय सविन राई र कास्की मादी गाउँपालिका–७ घर भई काठमाडौँ टोखा बस्ने ४८ वर्षीय सुरज मल्ल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरी लिखत कीर्ते गरेको भन्ने सूचनाका आधारमा हाम्रो टोलीले मीनभवनबाट राई र मल्ललाई पक्राउ गरेको हो ।’
पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको र उनीहरुको साथबाट प्रहरीले सवारी दर्ता किताब तीन, मोबाइल दुई तथा नागरिकता प्रमाणपत्र बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।





















