बाबुरामलाई छाडेर महेन्द्र यादब माओबादीमा

काठमाडौँ । पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पाटीका अर्का अध्यक्ष महेन्द्र यादब सहितका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) संग पार्टी एकता गरेका छन । बाबुराम भट्टराई भने त्यसमा सहभागि हुनु हुन्न लामो समय देखि चर्चा बाबुराम र प्रचण्ड बिच पार्टी एकता गर्ने चर्चा भए पनि अन्त्यमा बाबु्राम बिना नै एकता भएको हो । आज शनिबारका माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिका सदश्य बिच भएको बैठकले सो निणर््ाय गरेको हो । बैठक प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को अध्यक्षतामा बसेको थियो ।एकता प्रक्रियामा पार्टी अध्यक्ष बाबुराम भट्टराईलाई भने सहभागि गराईएको छैन । बाबुरामले पछिल्लो समय बेकल्पिक राजनीतिको वकालत गर्दै आएकान छन । दूई पक्ष बिच भएको सहमतिमा नेकपा माओवादीका महासचिव देव गुरुङ र नेसपा महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् ।