नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्रमा पुर्याउन जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंको ‘ग्लोबल मनि विक’को अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले ‘ग्लोबल मनि विक’को अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याउने योजना रहेको बताएका हुन् ।
गभर्नर अधिकारीले सो अभियान सुरुआती चरणबाटै सक्रिय रहेको भन्दै अभियानलाई राष्ट्र बैंकले अझ विस्तार गर्ने प्रतिवद्धता जनाए । गभर्नर अधिकारीले भने, ‘वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना छ ।’ कुनै पनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरूले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए ।
पैसाको बचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोबल मनि विक मनाउने गरिएको बताए । उनले भविष्यमा कमाएर मात्रै बचत गर्ने नभएर बाल्यकालदेखि बानी बसाउन जरुरी रहेको बताए ।



















