रवि लामिछाने नैतिकतका आधारमा पदमा बसिरहन मिल्दैन : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछाने नैतिकताको आधारमा पदमा बस्न नमिल्ने बताएका छन् । काठमाडौँकोे बानेश्वरमा पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले रबिलामिछानेले ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुङ्गो लाग्यो र निर्दोष साबित भए भने पुन मन्त्री हुन सक्ने बताए ।हरेक परिवर्तनमा काठमाडौँबासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।