होली पर्व शुरु भइसकेको छ, साताव्यापी कार्यक्रम हो यो र तराईमा पूर्णिमाको भोलिपल्ट मनाइन्छ विशेषगरी । बस् हाम्रै संस्कृति, हाम्रो धर्म, हाम्रै मर्म, एकताको प्रतीक राष्टिृय पर्व । वसन्तपुर काठमाडौँमा लिँगो ठड्याई यस वर्षको फागु पर्व औपचारिक रुममै शुरु भएको छ । फागुको सन्दर्भमै देशमा फाटपूट वर्षा पनि भएको छ । यसपालि पनि हिउँदमा खासै वर्षा भएन, मौसम जाडोबाट बिस्तारै गर्मीतिर उन्मुख छ भने प्रकृतिले नयाँ पालुवाहरु दिन थालेको छ । यही चैत ११ गते पूर्णिमा परेको छ ।
होली खेल्ने रंग, अबिरहरु पनि देशले आयात गर्ने गरेको छ । अधिकारको दुरुपयोग गर्नेलाई होलिकाको अबस्था हुने विम्ब पस्कँदै समापनतिर जाने यो पर्व सत्ययुगदेखि नै आरम्भ भएको हो । धर्म, संस्कृतिको अक्षुण्णतालाई कायम राख्ने नेपालीहरुका घर आँगनमा वसन्तको महोत्सब, होलीपर्व, हर्ष र विजयोत्सवका रुपमा सदाभै यस वर्ष पनि आएको हो । हाम्रो समाजलाई यो पर्वले निश्चय नै सद्भाव र भाइचारा अनि राष्टिृय एकताको सन्देश दिन्छ नै । ऊर्जा, नयाँ उत्सव, नवीनतम जोस र जाँगर लिएर नेपालको भावी चित्र खिच्ने अभिलाषा बोकेर नव वसन्तको खोजी गरिरहेका आम नेपालीहरु बीच अतीतका कटु यथार्थलाई विर्सेर धार्मिक, साँस्कृतिक सद्भाव र मौलिक चिनारी प्रस्तुत गर्न उद्यत् नेपालीहरु के तराई, के उपत्यका के पहाड सबैतिर एक हप्तासम्म होली महोत्सव मनाउँदैछन् । देश विकास भनौँ प्रगतितर्पm उन्मुख हुन पहिले मनोमालिन्यलाई छोड्नु पर्छ र त चीरदाहको नामले परिचित फागुलाई असत्यमाथि सत्यको बिजय उत्सवका रुपमा लिने चलन रहेको हो ।
राजधानी काठमाडँको वसन्तपुरमा एकहप्ता अगाडि नै पच्चीस फिट अग्लो काठको लिङ्गो ठड्याई विभिन्न रङ्गका कपडाले बेरेर बडो उल्लासका साथ फागु आगमनको संकेत दिने लिंगोलाई वृन्दावनको आनन्द कदमको रुखको प्रतिक मान्ने चलन छ । लिंगोको टुप्पोमा छत्राकार दिइएको चीर ठड्याउने कार्यलाई फागु पूर्णिमाको अघिल्लो रातिसम्म राखेर जलाइन्छ । चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुशीयालीका रुपमा पनि मान्ने चलन छ । चीरलाई दहन गरिने भएकाले चीरदाहको नामले फागु पूर्णिमाका दिन खुशीयालीका रुपमा जात्रा मनाइन्छ । चीरको खरानी दल्ने, त्यसको टीका लगाउने, घर सजाउने, शरीरमा रंगी विरंगी चित्र वनाई एक आपसमा फागु खेल्ने चलन पनि रहेको छ । शत्रुता र वैरभावलाई बिर्सेर आपसी भाइचाराको रुपमा, मित्रताको गाँठो बलियो पार्ने चाडको रुपमा पनि फागुलाई मनाइने गरिन्छ ।
तराईमा फागुको रौनक पूर्णिमाको भोलिपल्ट हुन्छ । मिथिला (जनकपुर)मा धूमधामसाथ मनाइने यो पर्वले तराईका प्रत्येक कुनासम्म आफनो पहुँच बढाएको छ । तराईका ग्रामीण परिवेशमा रहेका फोहोर, घाँस पतझरहरुलाई जलाएर पुराना दर्द विर्सने, चीरदाह, उत्सवका रुपमा मनाइन्छ । वसन्तका नयाँ पालुवाभैmँ जीवनमा नयाँ उत्साहको ऊर्जा थप्ने चाड फागु नेपालका कुनाकाप्चा ग्रामीण परिवेशसम्म बडो उत्सुकताका साथ मनाइने गरिन्छ । अधिकारको दुरुपयोग गर्नेहरुलाई विशेष सतर्क गराउने संकेत दिने होलिका दहन उत्सवले प्राचीन इतिहासको पनि संकेत गर्छ । धन, पद प्रतिष्ठाको अनि क्रोध, लोभको प्रतिक हिरण्यकशिपुले सात्विक कार्यका प्रतिक प्रह्लादको अन्त्य गर्न भरमग्दूर प्रयत्न गरेको तर सत्यको विनाश भने हुन नसक्ने देखेपछि अग्निले दहन गर्न नसक्ने दैवीशक्ति लिएर बसेकी आफनै बहिनी होलिकाको काखमा राखेर भक्त प्रह्लादको अन्त्य गर्ने प्रयास स्वरुप प्रह्लादलाई जलाउन प्रयत्न गर्यो । अन्तत: प्राप्त शक्तिको दुरुपयोग भएको देखी अग्निदेवले प्रह्लादको सट्टा होलिकालाई नै दहन गरिदिए । असत्यको प्रतिक हिरण्यकशिपु र उसकी समर्थक होलिका दहनको खुशीयालीमा त्यसै होलिका दहनको खरानीको टीका लगाई खुशी व्यक्त गर्ने क्रममा फागु खेल्ने परंपरा विकसित हुँदै आयो । प्रह्लादलाई बाजा गाजा सहित रंगीन उत्सवका साथ अवीरयात्रा गरिएको संस्मरण स्वरुप फागु पूर्णिमा मनाउने चलनले सवै जन मानसमा एउटा अमिट छाप छोडेको छ ।
सत्ययुगको उपर्युक्त संस्मरणले द्वापरयुगको संकेत स्वरुप वृन्दावनमा गोपिनीहरुका साथ श्रीकृष्णले रसरङ्ग गर्नुभएको प्रसंग पनि जोडिन पुग्छ । होलिको उत्सव मान्दै कल्मष हटाउने, आत्मीय स्नेह बढाउने, सुख, समृृद्धि र ऐश्वर्य वृद्धि गर्ने चाडको रुपमा द्वापरयुगदेखि नै मान्दै आएको पर्व कलियुग आजसम्म आइपुग्दा पनि वढेको छ । आफन्तहरु सँग भेटघाट गरी खुशीको साटासाट गर्दै उपहार दिदै, मीठा खानेकुरा खाने पर्वका रुपमा पनि यसलाई लिइन्छ । नयाँ अन्न स्वास्थ वद्र्धक जौ, चना, गहुँको परिकार बनाउने त्यसको आहुति दिँदै आत्मेश्वर शरीर भित्रको परमेश्वरलाई भोगप्रसाद लगाउने चाडका रुपमा पनि यसलाई हेर्ने गरिन्छ । यसमा आहुती दिइएको तिलक प्रसाद टीका लगाउने चाडको रुपमा पनि लिइन्छ ।
द्धापर युगमा राजा युधिष्ठिरको पालामा पनि होलिमहोत्सव मनाइने गरिन्थ्यो । भविष्य पुराणको कथानक अनुसार ढुण्डा नामकी राक्षस्नीले केटाकेटीहरुलाई बडो उपद्रव गर्न थालेकीले हातमा मसाल लिएर ठूलो जनसमूहका साथमा अग्नि प्रज्वलित गर्दा ढुण्डा राक्षसी डराई केटाकेटी अपहरण गर्ने कार्य बन्द गरेकी र सवैलाई सुख शान्ति मिलेको कुरा पनि पौराणिक कथाहरुको प्रसंग पाइन्छ । फागु महोत्वसमा अग्नि दहन गर्दा वरिपरिको वातावरण स्वच्छ, पवित्र हुने, रोग निरोधक शक्ति वृद्धि हुने, रोगका कीटाणुहरु, फोहोर नाश हुने, शरीर निरोगी हुने वैज्ञानिक दृष्टिकोणले पनि यो उत्सवलाई सवैले मान्ने गरेका हुन् । प्रदूषित वातावरण, समयमा सहरमा फोहोर नउठ्नेकार्यलाई यो पर्वले तीखो व्यँग्य गरेको छ र आपैmँ आपैmँ मिलेर सरसफाइ गराँै भन्ने संकेत गर्छ
नेपालमा यस पर्वको थालनी मल्ल राजाहरुबाट भएको हुन सक्ने कुरा हनुमान ढोकामा चीर ठड्याउने कार्य आरम्भले स्पष्ट संकेत दिन्छ । फागुको राग गाउने परम्परा पनि मल्लकालीन इतिहासबाट आरम्भ भएको देखिन्छ । एउटा किम्बदन्ती अनुसार भोट गएका एक व्यापारी आप्mनो बस्ती काठमाडौंको ठहिटी टोलमा फर्कन सकेको खुशीयालीमा काठमाडौं शहरमा अवीर जात्रा गर्ने परम्परा सुरु भएको भन्नेहरु पनि छन् । काठमाडौंको ठबलि महाबिहारबाट “चक्रद्य” जात्रा सुरु हुने परम्परा भएकाले सो कुराको पुष्टि हुन्छ । काठमाडौँबासीले होलिलाई “चक्रद्य” भन्ने गरेका र यो जात्रा होलिकै सम्झनामा सुरु भएको हुन सक्ने कुरा संस्कृतिविद्हरुको मत छ । भगवान मस्येन्द्रनाथको पुकार गर्दै “सार्थबाहु” नामक व्यापारी ठूलो कष्टका साथ भोटबाट फर्कन सकेको संस्मरणस्वरुप पनि काठमाडौंबासीले यो जात्रा सुरु गराएको भन्ने किम्वदन्ती छ । आप्mनो भदा प्रह्लादलाई काखमा राखी जलाउन खोज्दा आफँै डढेकी र त्यसको खुसियालीमा होलिका दहन उत्सव मनाइने गरिएको हो । सत्ययुगदेखि नै आरम्भ गरिएको फागु उत्सवले प्राप्त अधिकारको दुरुपयोग गर्नेलाई होलिकाकै हालत हुन्छ भन्ने सङ्केत समेत दिन्छ । हिरण्यकशिपुको वित्तण्डा समाप्त पार्न, सत्य, शान्त र भक्तिभावले ओतप्रोत प्रह्लादलाई बचाउन जगदीश्वर श्रीविष्णु आज्ञाले हिरण्यकशिपुकी बहिनी होलिकाको अन्त्य गरेको प्रसंग पनि पौराणिक चर्चाको विषय बनेको छ ।
पुरानो मनोमालिन्य, शत्रुता र वैरभावलाई विर्सेर घर घरमा गई शुभकामना, भोज भतेर, वधाई साटासाट गरिने यो फागुपर्व काठमाडौंँमा मल्लकालदेखि आरम्भ भएको कुरा इतिहासले पुष्टि गरेको छ । पच्चीस फिट अग्लो काठको लिङ्गो काठमाडौंँको वसन्तपुरमा ठड्याउने, विभिन्न रंगिन कपडाले त्यसलाई बेर्ने, टुप्पामा एक किसिमको झल्लरी छाताजस्तो बनाउने र होलिको रात्रिमा त्यसलाई जलाउने गरिन्छ । यसै कार्यलाई चीरदाह भनिने र चीरको खरानी टिका लगाउँदै, फागुका अनेकौंँ गीत, नृत्य र खासगरी व्यङग्य गीत गाउँदै वडो हर्षोल्लासका साथ मनाइने पर्व फागु विजय उत्सवको नमूना नै हो भन्न सकिन्छ । प्राचीन समयमा व्यपारिक काममा ल्हासा पुगेका सार्थबाहु सिँह सजिलै काठमाडौंँको ठहिटी आप्नो घर फर्कन सकेको उपलक्ष्यमा काठमाडौंँबासीले त्यस दिनको सम्झना स्वरुप यो उत्सव मनाउन लागेको भन्ने किम्बदन्तीहरु छन् । काठमाडौंँमा अहिले पनि “चकद्य” यात्राको रुपमा मनाइ चकद्य मूर्ति दीपाङ्करको आकारमा बनाई खुसीयाली गर्ने परम्परा कायमै भएकाले किम्बदन्तीमा विश्वास गर्ने आधारहरु छन् । व्यापारी सार्थवाहुलाई बाटामा अनेकौं झन्झट आइलागे पनि मत्स्येन्द्रनाथको कृपाले उनी घर फर्कन सकेका र टोलिमा गएका कतिपय साथीहरु राक्षसको आहार बनेका पनि थिए रे ! गहुँ, चना, जौ को आहुति दिएर डढेको खरानी प्रसाद स्वरुप लिने परम्परा पनि छ । फागु उत्सवमा आगोमा भुटेका अन्न वढी पौष्टिक हुन्छ र शरीर निरोगी र फुर्तिलो बन्छ । वाटा घाटाहरुमा रहेका फोहोर डढाउने, हटाउने कार्यले वातावरण राम्रो र स्वस्थकर हुन्छ । यसरी मन, मस्तिष्क र समग्र समाजको प्रदूषण हटाई नवीन चेतना, उत्साह र नयाँ कार्यशैली प्रति प्रेरणा दिने पर्व फागुपर्वले हाम्रा घर आँगनीमा सामाजिक एकता र सद्भाव कायम राख्न प्रेरणा दिन्छ नै ।


















