मस्को । रुसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा अहिलेसम्म ११ जनालाई पक्राउ गरिएको रुसी अधिकारीहरुले जानाकारी दिएका छन । यी ११ जना मध्ये ४ जना चार जना प्रत्यक्ष आक्रमणसँग सम्बन्धित रहेको बतानईएको छ । शुक्रबार राती भएको उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ, इस्लामिक स्टेट मध्यपूर्वमा क्रियाशील एउटा अतिवादी समूह हो। शुक्रबारको आक्रमणमा परी अहिले सम्म मृत्यु हुनेको संख्या १३३ पुगेको छ । यस आक्रमणमा कम्तीमा १४० जना घाइते भएका छन् । आक्रमणमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएकोछ ।



















