विश्वकै लामो केबुलकार भनेर प्रचार भइरहेको मुक्तिनाथ केबुलकारको वास्तविक लगानीकर्ता को ?

मुक्तिनाथ केबुलकार अर्को एम सि सि हो ?

पछिल्लो समय नेपाल मात्र होईन विश्वकै लामो केबुलकार भनेर प्रचार भइरहेको मुक्तिनाथ केबुलकारको वास्तविक लगाानीकर्ता को हो ? र यसको लगानीको उद्देश्य के हो ?, भन्ने बारेमा विशेष जिज्ञासा राख्न थालिएको छ । कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथसम्म करिब ८६ किलोमिटर लामो केबुलकार निर्माण हुने अवस्थामा पुगेको प्रचारसमेत गरिदैँ छ ।

यसमा नेपाली लगानीकर्ताको भित्रि नेतृत्व पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहाकार अरुण सुबेदीले गरेका छन् । उनकै पहलमा सन् २०२३ अक्टोबर ४ मा भारतको हैदरबादमा द्विपक्षीय लगानी सम्झौता भएको छ । लगानी सम्झौता गर्दा भने सम्झौतामा मुक्तिनाथ डेभलमेन्टका म्यानेजर सिद्धार्थ सापकोटाले र भारतीय कम्पनी ‘ईण्डियन कम्पनी केएलएण्डआर ईन्जिनियरिङ्ग कम्पनी’का तर्फबाट गुरु प्रमिर कल्माले हस्ताक्षर गरेका थिए ।

केबलकारको वातावरणीय मूल्यांकन ईआईए रिपोर्ट तयार भएको र छिट्टै निर्माणको चरणमा जाने परियोजनामा संलग्नहरुले बताउने गरेका छन । यद्यपी परियोजनाबारे विविध कोणबाट हेर्नेहरु भने यो मान्न तयार छैनन् । किनकि प्रतिकिलोमिटर ७९ करोड रुपैयाँ लागत पर्ने प्रचार गरिएको उक्त केबुलकारको कूल लगानी ६० अर्ब पर्ने बताइएको छ । यस्तो महंगो परियोजनामा सोझो हिसाबले रकम नजुट्ने सो क्षेत्रका विज्ञहरुको दाबी छ ।

उनीहरु भन्छन, ‘लगानी गर्ने भनेको नाफा खान हो । यसमा नाफा हुने आधार छैन । अहिलेसम्म विश्वमा प्रतिकिलोमिटर २० करोडभन्दा बढी लगानीमा बनेका केबुलकार छैनन । नेपालकै चन्द्रगिरी केबुलकार प्रतिकिलोमिटर १५ करोडको लगानीमा बन्दा त लगानी उठाउन १० बर्ष लाग्ने बताईको छ भने ७९ करोड प्रतिकिलोमिटर लगानी गरेर लगानी कहिले उठ्छ र लगाानीकर्ताले नाफा कहिले पाउँछन ? कि त हेटैडा–काठमाडौ सुरुङ्गमार्गमा कुशकुमार जोसीले शेयरका नाममा सर्वसाधारणको पैसा उठाएर खाएजस्तै खानु पर्यो । होईन भने ६० करोड नहुने अरुणले ६० अर्ब कसरी जुटाउछन ?’

यसको आर्थिकभन्दा राजनीतिक र सामाजिक महत्व छ । विज्ञहरु भन्छन, ‘यो परियोजनामा पनि अमेरिकी चासो रहेको छ ।’ उनीहरुको दाबी छ, केवलकार बनाउने नाममा अमेरिकाले मुक्तिनाथबाट चीनको चियो गर्न चाहन्छ । भारतीय कम्पनी त देखाउने दाँत मात्र हो ।

त्यस्तै, खनिज विज्ञहरुका अनुसार मुक्तिनाथ क्षेत्रमा युरेनियम प्रशस्त पाइन्छ । युरेनियममा अमेरिकी चासो छ । एकातर्फ चीनको निगरानी गर्न सकिने अर्कोतर्फ युरेनियम पनि हात लाग्ने भएकोले यो परियोजना एमसीसी कै अर्को रुप त होइन?, भनि बजारमा ब्याप्त छ । होईन भने प्रतिकिलो मिटर ७९ करोडमा कसैले लगानी गर्दैन ।

केबलकार बनाउनेको दाबी छ, वर्षमा तीन लाख ६० हजार जनाले यात्रा गर्ने र नाफामा जाने भन्ने छ । मुक्तिनाथमा वार्षिक तीन लाख ६० हजारले यात्रा गर्ने कुनै भरपर्दो आधार छैन । नेपालीसहित सार्क मुलुकका यात्रुलाई ६ हजार र सार्क बाहेकका बिदेशीलाई दुई सय डलर लिने भनिएको छ । यति बढी रकम तिरेर जाने भन्दा गाडीबाटै जाने बढी हुन्छन । समय पनि ७ देखि ९ घण्टा लाग्दछ जुन आफैमा पट्यार लाग्दो रुट हो । केबलकारको उचाई एक हजार मिटरबाट सुरु भई ३७ हजार मिटर उचाईमा पुग्दछ । यो विश्वकै छैठौँ अग्लो स्टेशन हो । हाई अल्टीच्युटको समस्या हुने यहाँ जान सक्दैनन् ।

ईपिसी मोडेलमा बन्ने यो नेपालको पहिलो आयोजना हो । परियोजनामा दुई प्रतिशत शेयर स्थानीय आयोजना प्रभावित जनता सात प्रतिशत, स्थानीय ११ प्रतिशत र संस्थापक शेयर भनिएको छ । योजना चार बर्षमा सकिने पनि बताइएको छ । परराष्ट्रविद् भन्दै हाइड्रोमा सक्रिय सुबेदीले नयाँ आडिया फुराएको बताउनेहरु भन्छन, आफू प्रमको सल्लाहाकार भईरहदा समेत श्रीमतीलाई क्रिश्चियन एनजीओमा जागिर खुवाउने सुबेदीले फेरि नयाँ जाल थापे र पश्चिमा पनि भित्र्याउन पाईने पैसा पनि उठाउन पाईने मोदीले मनपराउने मुक्तिनाथमा भारतीय भेट्दा तिम्रै लगानी हो भन्ने ।