सहकारीबाट ठगि गर्ने उपर महानगरका सिंघम बालेनले गरे अर्काे हमला

उपप्रधान एवं गृहमन्त्री रबिलामिछानेकि श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीले सर्बसाधारण बचतकर्ताको ५ करोड बराबरको रकम फिर्ता नगरेको उजुरी काठमाडौ महानगरपालिकामा परे पछि महानगरले छानबिन अगाडी बढाएको छ । गृहमन्त्री लामिछानेकि श्रीमती निकिता उपाध्यक्ष रहेको सहकारीको कारबाही अगाडी बढाउन प्रहरीे डराए पछि काठमाडौँ महानगरपालिकाले अग्रसरता लिएको हो । सोही क्रममा बुधबार काठमाडौँ महानगरपालिकाको टोलीले साइ स्वागत सहकारीमा छापा हानेको छ । गत असारमा महानगरमा उजुरी परे पनि आन्तरीक अनुसन्धान गर्दा ढिलो भएको महानगरका एक अधिकारीले सान न्युजलाई बताए ।
ठगिबारे पिडितले महानगर संगै प्रहरीमा समेत जानाकारी गराएका थिए । एक पिडितले भने साइ स्वागत सहकारीले सर्बसाधारणको रकम हिनामिना गरेको काण्डको छानबिन गर्न प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो डरायो तर बालेन शाह नेतृत्वमा रहेको काठमाडौ महानगर अगाडी बढेको छ हामी आशाबादी छौ । यस अघि पोखरा ,चितवन ,बुटवलमा सहकारीका पदाधिकारीले सर्वसाधारणको रकम ठगेको भन्दै प्रहरीले कारवाही अगााडी बढाउने गरेको थियो । ललितपरुमा त सहकारीका संञ्चालक लुकेकै ठाँउमा प्रहरी पुगेर संञ्चालकलाई गिरफ्तार गरेको थियो । यसमा भने सिआईबीमा रबिको छाँया परेको छ । अचम्म त के छ भने यो सहकारीमा आफुलाई भष्ट्रचार बिरोधि अभियान्ता बताउने भरत जंगम अध्यक्ष छन । यसैलाई भन्छर्न जो चोर उसकै ठुलो स्वर’ ।रबि र जंगम दुबैले ले भष्ट्रचारको बिरोधमा भाषण दिदै हिड्ने अनि एउटा आफै अध्यक्ष भएको र रबिकै श्रमिती उपाध्यक्ष भएको सहकारीकारीबाट बचत कर्तालाई बिचल्लिमा पार्ने ?
निकिता पौडेल वर्तमान उपप्रधानमन्त्री तथा रवि लामिछानेकी श्रीमती र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष समेत हुन्। महानगरमा परेको उजुरीमा सहकारीको अध्यक्षको नाम भरतजंगम थापा लेखिएको छ । निकिताको नाम उपाध्यक्षमा हुनु पर्नेमा सो ठाँउ खालि छाडिएको छ । बुझिए अनुसार उजुरी पर्ने थाहा पाए पछि पौडेलले राजीनामा दिएकि थिईन । सहकारीको बिवरण महानगरमा बुझाउनु पर्दछ अहिले पहिलेको अध्यक्ष भरत जंगम र उपाध्यक्ष निकिता पौडेल भएको बिवरण महानगरमा भएको तर नयाँ कार्यसमिति बारे औपचारिक रुपमा महानगरलाई थाहा नभएको ती अधिकारीले बताए।
यो सहकारीबारे प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो । ब्यूरोको अनुसन्धानमा सहकारी संस्थामा दुई करोड २२ लाख हिनामिना भएको दाबी गरिएको थियो। प्रहरीले पनि निकिता र भरतजंगमलाई उल्लेख नगरी रामहरि अधिकारी र शङ्कर उपाध्याय दाहाललाई मात्र प्रतिवादी बनाई मुद्धा दर्ता गरेको थियो । रामहरि सहकारीको निवर्तमान लेखा समिति संयोजक र सञ्चालक समिति सदस्य हुन् भने शङ्कर उपाध्याय दाहाल सचिव, व्यवस्थापक र अहिले सञ्चालक समिति सचिव थिए। रबिले पनि एक कार्यक्रम सो सहकारीमा श्रीमती उपाध्यक्ष बसेको बताउँदै आफूले सो सहकारीबाट एक करोड ऋण लिएको समेत स्विकारेका थिए । यति हुदाँ पनि प्रहरीले उनीहरुलाई रबिकै कारण मुद्धा नलगाएको तर बालेन नेतृत्वको महानगर छानबिनमा अगाडी बढेको छ ।