काठमाडौ । सहकारीको रकम अपचलनको आरोपलागेकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । काडमाडौमा ा आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले राजीनामा दिएपछि संसदीय छानबिन समितिले निकाल्ने निष्कर्षका आधारमा अघि बढ्नुपर्ने बताउनु भयो । नेता सिंहले बजेट निर्माणको क्रममा विवादमा मुछिएका पूर्वअर्थमन्त्री जनार्दन शर्माले पनि पदबाट राजीनामा दिएको र संसदीय छानबिन समितिले सफाइ पाएपछि पदमा फर्किएको बिगत समेत सम्झाउनु भयो । ‘सहकारीको रकम अपचलनको विषयमा जोमाथि शङ्का भइरहेको छ, उही हाकिम भएर बस्न नमिल्ने पनि उहाँले बताउनु भयो


















