राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एसले एमाले उम्मेदवार विमला घिमिरेलाई मत दिने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकि नेकपा(एमाले) उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । गठबन्धनभित्रै रहेकाले घिमिरेलाई मत दिने तय भएको समाजवादीकी एक नेताले बताए ।

राष्ट्रिय सभा उपाध्यक्षमा गठबन्धनभित्र एकीकृत समाजवादीले पनि दाबी गरेको थियो ।, तर गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी दिए पनि एकीकृत समाजवादीले मत दिन लागेको हो । नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन ।