उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस(७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा) भाषा परीक्षामा ६ हजार तीन सय २१ जना परीक्षार्थी पास भएका छन् । परीक्षामा सहभागी ४० हजार पाँच सय ८० जनामध्येबाट करिब साढे ६ हजार परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । सिप परीक्षण आगामी ९ बैशाखदेखि १५ बैशाखसम्म सञ्चालन हुनेछ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची(रोस्टर)मा सूचीकृत हुनेछन् । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै मिति, स्थान र समयमा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुने जनाइएको छ ।


















