अमेरिकी राजदूत थम्सन गोरखाको उत्तरीमा

नेपालका लागि अमेरिकी राजदूत डीन थम्सन गोरखाको उत्तरी भेग पुगेका छन् । उनी नेतृत्वको टोली आजै बिहान सो क्षेत्रमा पुगेको हो ।

टोलीले सांसद राजेन्द्र बजगाइसहित स्थानीयसँग अन्तरक्रिया गरेको छ । उत्तरी गोरखाको धार्चे साम्दो सामागाउँ मनास्लु हिमशिखरको अवलोकन गरी टोली फर्किएको थियो । राजदूतसहितको टोलीले जलवायु परिवर्तनले पारेको असरका बारेमा स्थानीयसँग जानकारी लिएको थियो । त्यसैगरी स्थानीय पर्यटनका सम्भावनाका बारेमा पनि छलफल भएको थियो ।