चौधरी समूहद्वारा उत्पादित वाइवाइ आईपीओ बिक्री गर्ने तयारीमा 

चौधरी समूहले उत्पादन गरिरहेको वाइवाइले सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाइको आईपीओ जारी गर्ने जानकारी दिएका हुन् । 

निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत आईपीओ बिक्री गर्ने जानकारी सार्वजनिक गरेपनि वाइवाइले यसको प्रक्रिया भने अघि बढाएको छैन । यसले नेपालका उत्पादनमूलक उद्योगहरु आईपीओतर्फ केन्द्रीत बनेको देखाउँछ । यसअघि युनिलिभर, बोटलर्स नेपाल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र घोराही सिमेन्ट लगायत सेयर बजारमा सूचीकृत छन् । यसबाहेक रिलायन्स स्पिनिङ मिल्सले समेत साधारण सेयर बिक्री गर्ने प्रक्रियामा छ ।