सुदूरपश्चिम प्रदेशका चौथो मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारी बनेका छन्।नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति, स्वतन्त्र र एकीकृत समाजवादी पार्टीको सर्मथन जुटाएर उनी मुख्यमन्त्री बनेका हुन्। यद्यपी नागरिक उन्मुक्ति, पार्टीका सांसदले भने समर्थ नरहेको बताएका छन । सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए ।


















