अनलाइनमा जुवा खेलाउने पक्राउ

बाँके प्रहरीले अनलाइनमा जुवा खेलाउने १५ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीमा घर नै भाडामा लिएर अनलाइनबाट जुवा खेलाउने विभिन्न जिल्लाका १५ जना पक्राउ परेका छन्।

गएराति पक्राउ परेका उनीहरुको प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले अनलाइनबाट जुवा खेलाउने समूह पक्राउ गरेको पहिलो पटक हो। उनीहरुको साथबाट नगद रकम भेटिएको छैन। अनलाइनबाट पैसाको कारोबार भएको देखिएको छ। पक्राउ परेका व्यक्तिले अनलाइनबाट नै विभिन्न खेलमा पैसा लगाउने गरिएको पाइएको थियो ।