चोरीको मोटरसाइकलसहित ३ जना पक्राउ

चोरीका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ का २१ वर्षीय तेन्जिङ लामा, सोही गाउँपालिका–३ का १९ वर्षीय लाक्पा शेर्पा र सोही गाउँपालिका–३ का समीर तामाङ रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो ।बा ८४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा शंका लागेर थप सोधपुछ गर्दा उनीहरूले मोटरसाइकल चोरी गरेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुविरुद्ध चोरीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।