कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट बुधबार दिउँसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका वडा नं.४ मालपराका विनीत मिश्रको प्रहरीले आठ घण्टापछि बुटवलबाट सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अपहरणको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार अपहरणको आरोपमा पाँच जना जनालाई पक्राउ गरिएको हो । उनका अनुसार घटना बारे थप अनुसन्धान भइरहेको छ । घटना के कारणले भएको हो भन्ने अहिले नखुलेको प्रहरीको भनाइ छ ।


















