कृषिका सहसचिव डा.गैरे पदबाट बर्खास्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.कमलराज गैरे पदबाट बर्खास्त भएका छन् । उनलाई शुक्रबार मन्त्रिपरिषद बैठकले पदबाट हटाउने निर्णय गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बिदा स्वीकृत नगराई सहसचिव गैरे २०८० बैशाख २ गतेदेखि मन्त्रालयमा अनुपस्थित थिए । भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी मन्त्रिपरिषद बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।