डेढ किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ

उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोडबाट करिब डेढ किलो सुन र कम्तिमा डेढ करोड रुपैयाँसहित सात जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित सात जनालाई पक्राउ गरेको हो ।

कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई आज शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीले काठमाडौंको न्युरोडबाट बरामद एक किलो ८ सय ग्राम सुन र डेढ करोड रकमसहित पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरूलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने दुई जना नेपाली छन् ।

भारतीय नागरिकहरू अमुल विभूति, ऋषिकेश विभूति, गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ । त्यसैगरी दिनेश खरेल र भरत बासु पनि उनीहरूसँगै पक्राउ परेका छन् ।