पाँच वर्षीय आयुसको शव पलङको घर्रामा फेला, आमा पक्राउ

सिराहा प्रहरीले आफ्नै पाँच वर्षीय छोराको हत्या गरी बक्स पलङको घर्राभित्र लुकाएको अवस्थामा शव फेला पारेको छ । शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ बस्ने ३४ वर्षीय सरीताकुमारी साहले आफ्नै पाँच वर्षीय छोरा आयुष साहको हत्या गरेर शव सुत्ने पलंगमा लुकाएकी थिइन् ।

स्थानीयले गत वैशाख ११ गते दिउँसो साढे ५ बजे बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमा सरीता सुत्ने कोठामा रहेको बक्स पलङको घर्राभित्र मृत अवस्थामा छोरा आयुष फेला परेको सिरहाका प्रहरी जनाएको छ ।

आमा सरीतालाई सोही दिन पक्राउ गरी सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।