काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दा वैशाख १८ गतेलाई पेसी तारेख तोकिएको छ । उक्त मुद्धामा आज सर्वोच्चले मिसिल झिकाउन आदेश दिएको छ । आज शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट आफु अध्यक्ष बनेको तर निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरे भन्दै रेशम अदालत गएका थिए ।


















