बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो। भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् ।
तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् । उनले २२६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।


















