राष्ट्रियसभा सदस्य अन्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आज आइतबार शाक्यलाई संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन ।
गत चैत ३० गते सरकारले शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मनोनीत कोटा अन्तरगत शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा गत चैत ६ गते मनोनीत भएकी थिइन् । राष्ट्रिय सभामा रहेका तीन जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । एमाले विदेश विभाग सदस्य शाक्य इजरायलका लागि पूर्व राजदूतसमेत हुन् ।


















