डीडीसीमा कुर्ची हाना हान

दुग्ध विकास संस्थान (डीडीसी)मा ब्यबस्थापन पक्ष र कर्मचारी युनियन बिच कुर्ची हाना हान भएको छ । यस अधि महाप्रबन्धक संजिबकुमार झा लाई मोहन बैध निकट युवाहरुले कालोमोसो लगाएका थिए । मंगलबारमात्रै दुग्ध बिकास संस्थानका संचालक समिति अध्यक्ष डा बेदबहादुर क्षेत्रीलाई नेपाली काग्रेस निकट युनियनले हातपात गर्ने प्रयास गरेका छन । उनीहरुले कुर्ची प्रहार गर्न खोजे पनि अरु कर्मचारीले रोकेका थिए । उनीहरुको माग पुराना महाप्रबन्धक संजिबकुमार झालाई हाजिर गराउनु पर्ने र अहिले निमित्त महाप्रन्धक भएका राजेन्द्र अधिकारी लाई बैठकमा सहभागि गराउन नहुने रहेको एक कर्मचारीले बताए ।

 

डीडीसीले एकातर्फ श्रम र अर्थ दुबै लगानी गरेर डीडीसीलाई दुध उपलब्ध गराउने दुग्ध किसानलाई दुधको पैसा समयमा दिर्दैन तर अर्कोतिर कर्मचारी र आयोजना प्रमुखहरुले नै आर्थिक लाभ लिएर आफले उठाउनु पर्ने करिब २६ करोड रकम उठाएका छैन । जस्ले गर्दा अहिले डीडीसीको घाटा बढेर १ अर्ब ५० करोडभन्दा बढि पुगिसकेको छ ।

डीडीसीले रकम उठाउन आफ्नै कर्मचारी र आयोजना प्रमुखहरुसंग पनि बाँकि छ । कर्मचारी र आयोजना प्रमुखहरुले बिगत दई दशकमा करिब २६ करोड (२५ करोड ६८ लाख रुपैयाँ)असुल गर्न बाँकि छ । जुनकुरा महालेखा परीक्षकको कार्यालयले समेत पटक पटक आफ्नो प्रतिवेदनमा उल्लेख गर्ने गरेको छ ।यो रकम उठाउन,किसानलाई भुक्तानी दिने भन्दा ब्यवस्थापन पक्ष र कर्मचारी झगडामा ब्यस्त छन ।