सहकारी ठगिमा एमाले नेता

काठमाडौं-२ लाजिम्पाटमा ठेगाना राखी स्थापना गरिए पनि सोर्हखुट्टेमा भूमिगत तवरले संचालित रुरल डेभलपमेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सोझा संचालक र सदस्यहरुलाई ठगि गरेको समाचार प्राप्त भएको छ । यसरी ठगि गर्नेमा एमाले अध्यक्ष केपी ओलीसंग राम्रो सम्बन्ध भएको दाबि गर्ने सहकारी संस्थाका अध्यक्ष आङ्गबाबू राई, सचिव बिनोदमणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठ र संचालक सदस्य क्यासिएर राधिका तामाङ रहेको सान न्युजलाई प्राप्त कागजातमा उल्लेख छ ।

अध्यक्ष आङ्ग बाबू राई,यस अधिको स्थानिय तह निर्वाचनमा थुलुङ दुधकोशी गाँउपालिकाको एमाले उम्मेदवार भई पराजित ब्यक्ति हुन । बिनोद मणि पुर्व माओेबादी बाट एमालेमा समाहित हुदै हाल आङ्ग बाबू राईको कमिटीमा सचिब छन। ठगि गर्ने एमाले नेतासमेत रहेका अध्यक्ष राई लगायतलाई कारवाहीको माग गर्दै पीडितहरुले यहि २०८० बैशाख २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन । उजुरीको दर्ता नं.सि ०६८५६६ रहेको छ । जसको बोधार्थ काठमाडौं महानगरपालिकाको कार्यालयमा पनि दिईको छ । उजुरीमा अध्यक्ष, सचिव र कोषाध्यक्षको साँघुरो ठगी समुह निर्माण गरि सर्वसाधारण तथा आफन्त र संस्थाकै पदाधिकारीहरुलाई समेत ठगी गरेको उल्लेख छ ।

अख्तियारमा दर्ता उजुरीमा अध्यक्ष, सचिव र कोषाध्यक्षको मिलोमतोमा वि.सं.२०७३ सालदेखि नवीकरण तथा कर चुक्ता नगरी गैरकानुनी कारोबार गरिरहेको समेत उल्लेख छ । उक्त सहकारीले किर्तिम बचतकर्ता देखाई संचालकहरुलाई धम्की दिएर रकम फिर्ता गर्न भन्दै रकम उठाइ रहेको समेत उजुरीमा उल्लेख छ । काठमाडौं महानगरपालि सहकारी विभागमा समेत उजुरीहरु दर्ता भएको विभागिय प्रमुख बलराम त्रिपाटिले पुष्टि गरेका छन ।

दर्ता प्रक्रियामै प्रश्न, बचतकर्ताहरु तनाबमा

अध्यक्ष आङबाबु राई नै अध्यक्ष भएको रुरल फाउन्डेसन नेपालले उक्त सहकारी संचालन गरेको देखिन्छ । फाउन्डेसन संस्था दर्ता ऐन २०३४ बमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सोही कार्यालयबाट नियमन हुने कानुनी ब्यबस्था रहेको छ । गैर नाफामूलक गैरसरकारी संस्थाले सहकारी संचालन गरि आवरणमा ठगी गर्ने संस्थालाई प्रशासनले कारबाही गर्न सक्छ । हालसम्म उजुरी दर्ता नभएको कारण कारवाही नभएको हो ।

नेपाल रुरल डेभलपमेन्ट फाउन्डेसनको नामबाट खुलेको सो सहकारीले सर्वसाधारण नागरिकको एक लाखदेखि २५ लाख रुपैयाँसम्म उठाएको बुझिएको छ । अहिल अध्यक्ष आङबाबु राई, सचिव विनोदमणि राई, कोषाध्यक्ष अप्सरा श्रेष्ठसहितले मिलेर रकम हिनामिना गरे गरेको समाचार आएपछि बचतकर्ता सहकारीमा डुबेको पैसा कसरी उठाउने भनेर तनावमा छन् । बचतकर्ताले सहकारीविरुद्ध ठगीमा मुद्धामा उजुरी दिने तयारीमा छन् । अध्यक्ष र सचिव मिलेर झन्डै ५ करोड रुपैयाँ गोलमाल गरेको उनीहरुको दाबी छ ।

यसैगरी, सहकारीले घरबहाल कर चुहावट गरी गैरकानुनी कारोबार गर्ने गरेको भन्दै कामपा १६ नम्बर वडा कार्यलयमा २०८० चैत्र ४ गते उजुरी दर्ता भएको छ । सोही मितिमा सहकारीले आर्थिक वर्ष २०७२–०७३ देखि हालसम्म सर्वसाधारणसँग रकम उठाएर कर छल्ने कार्य गरेको भन्दै आन्तरिक राजश्व विभाग लाजिमपाटमा समेत उजुरी दर्ता भएको छ ।

सहकारीको खाता भन्दा अन्तैबाट कारोबार

सहकारी ठगि गर्ने क्रममै सहकारीको खाता रहेको बैंकमा कुनैपनि कारोबार नगरी महालक्ष्मी विकास बैंक ठमेलमा सचिव विनोदमणि राई र सदस्य तथा क्यासियर राधिका तामाङका पति चन्द्रप्रभात राईको नाममा खाता सञ्चालन गरी कारोबार गरिरहेको सहकारीकै एक पदाधिकारीले बताए । सहकारीका ती पदाधिकारीका अनुसार क्यासियर तथा सदस्य तामाङले बनाएको कृत्रिम रकम जम्मा भएको पासबुक रकम फिर्ता गरेको देखाई उनका श्रीमान् चन्द्रप्रभात राईलाई सञ्चालक सदस्यकै अधिकारमा जिम्मेवारी सुम्पेको भन्दै सहकारी विभागमा उजुरी परेको छ ।

बचतकर्ताको रकमले पदाधिकारीको नाममा जग्गा खरिद

सहकारीले सर्वसाधारणबाट उठाएको रकमबाट काठमाडौं भीमढुंगामा १३ लाख रुपैयाँमा १ रोपनी जग्गा खरिदसमेत गरेको एक पदाधिकारीले बताए । सहकारीका पदाधिकारीका ती पदाधिकारीका अनुसार सर्वसाधारणबाट उठेको पैसाबाट संस्थाकै कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका तामाङको संयुक्त नाममा जग्गा खरिद भएको छ । व्यक्तिका नाममा जग्गा खरिद भएपछि सहकारीकै पदाधिकारी सदस्यहरूले समेत विरोध जनाएका थिए । तर, अध्यक्ष र सचिवको मिलेमतोमा कोषाध्यक्ष श्रेष्ठ र सदस्य तामाङको संयुक्त नाममा जग्गा खरिद भएको हो । एक पदाधिकारीले भने ‘सहकारी संकटमा परेपछि हामीले सहकारीको जग्गा बेचेर बचतकर्ताको ऋण तिरौं भनेर छलफल गर्यौ, तर बिक्री हुन सकेन । सहकारीको नाममा जग्गा खरिद गर्दा पछि अप्ठ्यारो अवस्था आउनसक्ने भएकाले सहकारीकै पदाधिकारीको नाम जग्गा खरिद गर्ने सम्झौता भएको सहकारीका ती पदाधिकारीले सान न्युजलाई बताए ।

२०७४ सालसम्म नाफा देखाएको संस्था एकाएक संकटमा

सहकारीले आफ्नो आर्थिक लेखापरीक्षणमा २०७४ सालसम्म नाफा देखाई कर चुक्ता गरेको छ । सोही लेखापरीक्षण महानगरपालिकामा पेस गरी अद्यावधिकसमेत भएको छ । नाफा सञ्चालक तथा सदस्यहरूलाई वितरण गरिएको छैन । सो नाफाको वितरणसमेत नगरी त्यसपछि संस्थाको न साधारणसभा बस्यो, न त कर चुक्ता तथा अद्यावधिक नै गरियो । क्रमशः आफन्त र अन्य सर्वसाधारण व्यक्तिहरूलाई ठगी गर्ने कार्य सुरु भएको देखिन्छ । पदाधिकारीबाट संकलन गरेको रकम जम्मा गरी छुट्टै बैंक खाता सञ्चालनसमेत गरेको पाइएको सहकारीका एक सदस्यले बताए । १५ दिनभित्र आफूहरूको सबै पैसा फिर्ता नगरे ठगीमा उजुरी दिने ती सदस्यले जानकारी गराए ।

सर्वसाधारणबाट संकलन भएको रकम अध्यक्षलगायत पदाधिकारीहरुले तलब खान्छन

सहकारीले सर्वसाधारणबाट उठेको बचत रकम फिर्ता नगरी सोही रकम अध्यक्ष आङ बाबू राइले मासिक ३० हजारका दरले तलब भनी लिने गरेको पुष्टि भएको छ । त्यसरी नै कोषाध्यक्ष अपसरा श्रेष्ठले २० हजार र सदस्य तथा क्यासियर राधिका तामाङले मासिक १० हजारका दरले तलब सुबिधा लिएका छन । एक सदस्यका अनुसार आफुबाट धम्की दिदै लाखौं रकम असुली गरेको कुनै लेखाजोखा तथ्य युक्त हिसाब नदेखाएको बताए । तपाइहरुले सर्वसाधारणको बचत रकम किन तलब लिएर ठगी गरेको भनी प्रश्न गर्दा आफुलाई समेत दुई लाख तलब भनेर हिसाब मिलान गरेको बताए ।

सहकारीको बचतबाट कमिसन र निजि कम्पनी संचालन

सर्वसाधारणको सहकारीमा राखेको रकमको एक प्रतिशत कमिसन लिने गरेको तथ्य समेत फेला परेको छ । बजारमा उठाइएको रकम आफ्नो निजि खातामा जम्मा गर्ने अध्यक्ष, कोषाध्यक्ष र सचिबले एक प्रतिशत कमिसन समेत लिएर ठगी समेत गरेका छन । सहकारी स्थापनादेखिका निर्णय पुस्तक झिकाई छानबिन भएमा बचत रकम ठगी भएको स्पष्ट हुने एक संचालक सदस्यले बताए । संचालक समितिको सचिवले नेपाल सरकारबाट सगरमाथा हिमाल आरोहण गर्न लिएको सहयोग रकम दुरुपयोग गरि सहकारीबाट समेत रकम लिएर अन्य शिर्षकमा हिसाब मिलान गरिएको छ ।

आफ्नो राइको ज्याकेट कारखाना संचालन गर्न ३०औँ लाख रकम लिएको एक दशक भैईसक्यो ब्याज त के सावा नै फिर्ता नगरेको ती सदस्यले बताए । आफुलाई बारम्बार कहिले घर भाडा कहिले कर तिर्नु छ भन्दै ३५ लाख भढी रकम उठाएको समेत हालसम्म फिर्ता नगरेको गुनासो समेत गरे । अरु पीडित पदाधिकारी नियमन निकायमा गएर न्याय मागेको आफू पनि ठगिएकोले छिटै कानुनी उपचारमा जाने तयारी गरेको बताए । उनीहरुले सरकारीको ठगिविरुद्धको उजुरीको बोधार्थ, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसंधान आयोग टंगाल, राष्ट्रिय सतर्कता केन्द्र सिंहदरबार गृह मन्त्रालय र हेलो सरकार सिंहदरबार पनि दिएका छन ।