नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सामुदायिक विद्यालयमा कार्यरत सबै अस्थायी प्रकृतिका शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले बिदा, उपचार सुविधा, दुर्घटना बिमा र उपदानलगायतका सेवा-सुविधा सुनिश्चित गर्न तथा उमेर हद हटाएर खुला प्रतिस्पर्धामा सहभागी हुने अवसर दिन आग्रह गरेको हो। माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने युनियनले चेतावनी दिएको छ।


















