नेपालीको अवस्था र देशको ब्यबस्था हेर्दा आशा लाग्दो भरपर्दाे र सुधारन्मुख कहि कतैबाट देखिएको छैन , कता कता निस्सासिए जस्तो, कता कता अन्धकारमा रुमलिए जस्तो, देशभित्र कुनैपनि अवसर नभएको जस्तो देखिन्छ । राज्य बाट पाउनुपर्ने आधारभूत कुराहरू नपाएर नागरिकले अन्याय पुर्ण जिवन बाच्न किन बाध्य छन ? कस्को कारण ?
संसारमा सबैभन्दा सुन्दर देश नेपाल भनिन्छ । छ सबै कुरा देशमा छ , सरकार छ , बिधिबिधान छ, कानुन छ , नियम छ , विभिन्न तह तहमा सरकार छ, शक्तिशाली निजामती कर्मचारी प्रशासन छन, सुरक्षा निकाय छ, स्वास्थ्य शिक्षा क्षेत्र छ, न्याय अन्याय छुट्टाउने तह तहमा न्यायलय पनि छ तर पनि किन अन्धो कानुन भएको छ। जसले जाहा जे गरे पनि छुट , शासन सत्ताको आडमा लुट । यही हाईन देशको चित्र । बिचित्र छ खै काहा बाट सुरु गरौ।सर्वसाधारण नागरिकले कुनै पनि सरकारि सार्वजनिक निकायमा सेवा लिन जादा अत्यन्तै कष्टकर र महंगो झन्झटिलो भएको छ। हरेक ठाउँमा पावर, भनसुन र आफ्नो चिनेको हुनैपर्छ ।
(१) सरकारले सबैभन्दा बढी लगानी शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको छ तर पनि भरपर्दो र गुणस्तरीय शिक्षा स्वास्थ्य उपलब्ध हुन सकेको छैन । सरकारि बिद्यालयमा पढाउने शिक्षकको निजि बिद्यालयमा लगानी र अधिकांश शिक्षकको छोराछोरि निजि बिद्यालय मा पढाउछन। आफैंले पढाउने सस्तो बिद्यालय मा नपढाएर किन महंगो निजि बिद्यालयमा पढाउछन त ?त्यस्तै सरकारले संचालन गरेको बिश्वबिद्यालय, कलेजमा पढाउने अपवाद बाहेक अधिकांश प्राध्यापकहरुले निजी कलेज सन्चालन गरेका छन , निजि कलेजमा महंगो शुल्क लिएर पढाएका छन आफ्नो छोराछोरि महंगो निजी कलेजमा पढाएका छन या बिदेश पठाएका छन । अनि काहा बाट कसरी सरकारि शीक्षण संस्थामा गुणस्तरीय शिक्षा प्राप्त हुन्थ्यो। सरकारि कलेजमा प्रमुख, प्राध्यापक, उपप्राध्यापक स्तरको शिक्षकले निजि कलेज खोलेपछि सरकारि कलेज को स्तर वृद्धि कसरी हुन्छ । हालत कस्तो होला।
(२) त्यस्तै सरकारि स्वास्थ्य संस्थामा महंगो स्वस्थ्य उपकरणहरु हुन्छन् तर काम गर्ने प्रायः सबै चिकित्सक कर्मचारीहरुले सिमित समय मात्रै दिने र अधिकांश समय प्राईभेट अस्पतालहरुमा दिने र निजि अस्पतालमा महंगो शुल्क लिने गरेको छन । सरकारि अस्पतालको अध्यक्ष , प्रमुख , उपप्रमुख डाईरेक्टर निर्देशक स्तरको मान्छेले निजि अस्पताल खोलेका छन भने सरकारि स्वास्थ संस्थालाई नै राम्रो सेवासुबिधा दिएर नियम कानुन भित्र रहेर काम गर्ने हो भने सबै नेपाली नागरिकले सरल सुलभ तरिकाले स्वास्थ्य उपचार गर्न पाईन्थ्यो कि । नेपालमा सबै तिर बाट शिक्षा र स्वास्थ्य क्षेत्रमा निःसुल्क हुनुपर्छ समान शिक्षा हुनुपर्छ भन्ने आवाज आईरहेको छ सुनिरहेका छौ तर ब्यबहारिक पक्ष भने त्यस्तो छैन धेरै फरक छ। पहुँच वालाहरुको एकसेएक ब्यबसायिक स्कुल कलेज अस्पताल खुलेका छन। सक्नेले निजि बिद्यालय मा महिना को लाखौं फि बुझाएका छन , स्कुल कलेजले असुलेको छन । तर यही समाजमा सरकारि स्कुल कलेज सम्म नदेख्ने र चरम आर्थिक अभावले गर्दा बालबालिकाहरु सरकारि स्कुलमा पढ्न नसक्ने थुप्रै छन। उनिहरुले शिक्षाको उज्यालो कहिले पाउने ?
निजि अस्पतालमा एकरात मै लाखौंलाख बिल तर्ने नागरिकहरु पनि छन र असुल गर्ने अस्पतालहरु पनि छन, तर सरकारि अस्पतालमा डाक्टर भेट्न भगवान कुरे जस्तै कुरेर पनि सरकारि अस्पतालमा उपचार गर्न गएको सामन्य नागरिक बिल तिर्न नसकेर मर्नु न बाच्नुको अवस्था भएको नागरिकहरु पनि कति छन कति । कहिलेकाही सुनिन्छ उपचारको बिल तिर्न नसकेर हाम फालेर फलानो अस्पतालमा मर्याे रे भनेर। मान्छे मान्छे हो समान हुदैन र चोट लाग्दा दुख्ने दुखाइको पिडा उस्तै हुदैन र ?
त्यसकारण पनि स्वास्थ्य र शिक्षा नेपाल मा हरेक नागरिकलाई अनिवार्य निशुल्क हुनुपर्छ भन्नेमा मेरो पनि मत रहेको छ। उद्योगको रुपमा स्थापना भएको सबै महंगो स्कुल कलेज र अस्पतालहरु सबै सरकारिकरण गरिनुपर्छ ।
(३) कर्मचारी प्रशासनले कहिले पनि एकले अर्कोलाई समन्वय गरेको पाईदैन । कसरी नागरिक लाई सेवासुबिधा सहजरूपमा दिन सकिन्छ भन्ने नै देखिदैन । निति र बिधिबिधान मार्फत राजनीतिले कर्मचारीलाई नियन्त्रण गर्नुपर्नेमा कर्मचारीले राजनीतिलाई नियन्त्रणमा लिए जस्तो देखिन्छ । सुझबुझ भएको राजनीतिज्ञ नभएर हो या नेताहरू लाचारी पन । खै के हो बुझ्न गार्हो छ । लाग्ने दस्तुर बुझाएपछि पनि वरको फायल पर सार्न अतिरिक्त ……. बुझाउनु पर्ने, अझ काम नै गर्न त मलाई के हुन्छ भन्ने प्रश्नहरु आउन सक्छन् । यस्तो मानसिकताको बिकाश समग्र क्षेत्रमा हुदै गएको छ। हरेक सरकारि योजनाको कामहरू सम्पन्न गर्न जनताले देखेजस्तो सहज छैन । तहतह बाडदै जाँदा कति प्रतिशत काम होला आफै बिचार गरौ।
(४) हरेक नागरिकले न्याय पाउनु नागरिकको अधिकार हो भनिन्छ तर के यस्तै भएको छ त ?बेला बेला मा न्याय क्षेत्रमा उठने प्रश्नले गर्दा नागरिक शसंकित भएको छन। राष्ट्रको राष्ट्रियताको सरकारको सम्पूर्ण नागरिकको पनि न्यायको लागि बिश्वासको धरोहरको रुपमा रहेको न्याय क्षेत्रमा पनि शंकारहित हुन सकिरहेको छैन । नागरिकले नागरिकको अधिकार पाउन आशार भरोशाको लागि न्याय क्षेत्रमा बिश्वासिलो वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।
(५) सुरक्षा क्षेत्रमा नागरिकको कति आशा भरोशा छ भन्ने बिषयमा जगजाहेर नै छ । रातदिन राष्ट्र सेवक सुरक्षाकर्मी मित्रहरू खटिरहेको हुन्छन्। सेवा गरिरहेका हुन्छन् । तर पनि नागरिकले सुरक्षित महसुस गर्न सकेको अवस्था छैन। कतिपय ठूलाठूला बलत्कार र बलत्कार पछि हत्या गरिएको घटनाहरुले अझैसम्म न्याय पाउन सकेका छैनन् । पिडित सधैं पिडामा तड्पिरहेका छन । पिडकहरु काहा छन के गर्दैछन् थाहा छैन । साच्चिकै प्रहरी सुरक्षा प्रशासनले पत्ता लगाउन नसकेको हो अथवा अन्य राजनीति कारण हो । दलिय ब्यबस्थामा देश र नेपाली नागरिकको लागि अत्यन्तै राम्रो जनताको ब्यवस्था हो रामराज्य नै हुन्छ भन्ने नेताहरूले शासन चलाईरहेको छन वहाहरुलाई थाहा होला। के साच्चिकै रामराज्य भएको हो त ?
(६) नेपाल मा राणाकालीन समय पनि थियोे , प्रत्यक्ष राजतन्त्र पनि थियोे , राजा सहितको बहुदलीय प्रजातन्त्र पनि थियोे, अहिले गणतान्त्रिक ब्यबस्था चलिरहेको छ । कति लाई लाग्न सक्छ गणतन्त्र ठिक्छ। कतिपयलाई राजासहितको बहुदलीय प्रजातन्त्र , कतिपयलाई राजतन्त्र ठिक थियो तर राणाकालीन शासन समय ठिक थियोे भन्ने कहि कतै पनि सुनिदैन थिएन होला । तर राजतन्त्र राजाको शासन भने नेपालको ईतिहासमा अहिलेसम्मकै बिकशित र अनुशासित मर्यादित भएको अनुभव गर्न सकिन्छ । किनभने तत्कालीन राजा श्री ५ महेन्द्र वीर बिक्रम शाहादेव सरकारको पालामा नेपालको पुर्व पश्चिम उत्तर दक्षिण समग्र क्षेत्रमा चौतर्फी बिकाश भएको देखिन्छ । नेपालको पुर्व पश्चिम हाईवेए , विभिन्न ठाउँमा आन्तरिक सडक बिस्तार, नेपाल र चिन सिमानामा रहेको भारतीय सुरक्षा पोष्ट हटाउने, नेपाल मा क्रान्तिकारी भुमिसुधार लागू गरि राणाकालीन समयमा राणाहरुले भोगबिलास सुखसयल गरि बनाएको विभिन्न स्थानको जग्गा र दरबारहरु मा हदबन्दी कायम गरि सरकारले सरकारि बनायो । यो आफैमा ठूलो चुनौतीपूर्ण थियो । त्यस पछि देशको विभिन्न ठाउँमा औध्योगिक ग्रामहरु स्थापना गरियो सबै किसिमको उद्योगहरु संचालन गरि उत्पादन गरियो । नेपालीहरुलाई उद्योगहरुमा रोजगारिको अवसर प्रदान गरे । सबैलाई शिक्षाको उज्यालो चाहिन्छ जनताको छोराछोरिले पढन लेख्न पाउनुपर्छ भन्ने उदेश्य लिएर गाउँ गाउँमा स्कुलहरु खुले । बिकाशको लहर गाउशहरमा देखिदै गएको र जताततै बिकाशको आशाको किरणहरु देखा परेको साथै देशका जनताले आआफ्नो जातजाति भाषाभाषी धर्म सस्कार संस्कृति अनुसार बहुतै अनुशासनमा रहेको बुझिन्छ । जताततै राजाको निरिक्षण भ्रमण सवारी हुने गरेको र आवश्यकता बमोजिम योजना तर्जुमा भएको देखिन्छ । केही कुराहरू मा कडा अनुसासन थियोे । कडा अनुशासन भएको कारण केही देशि बिदेशी नागरिक लाई चित्त बुझेन । स्वतन्त्रताको आवाजहरु आउन थाल्यो। बढदै बढदै जादा दलिय ब्यबस्थाको लागि निर्दलिय पन्चायत ब्यबस्था र बहुदलिय प्रजातन्त्रको ब्यबस्था परिवर्तनको आन्दोलन सुरु भयो । र २०४६ सालमा राजा सहितको बहुदलीय प्रजातान्त्रिक ब्यबस्था स्थापना भयो ।
बहुदलिय ब्यबस्था आएपछि बोल्ने लेख्ने स्वतन्त्रता नागरिक हकको बारेमा राजनीति दल खोल्ने स्वतन्त्रता त भयो तर नागरिकको जिवनस्तरमा आर्थिकसामाजिक सुधार हुन सकेन टाठाबाठाहरुको बोलवाल चल्ने राजनीति दलहरु सर्वेसर्वा भए । देशमा भएको उद्योग कलकारखाना बिक्रीवितरण हुन लागे राजाको पालामा हदबन्दी गरेको ठूला बडा राणा शाहको जग्गा दरबार र सरकारि सम्पत्तिहरुमा आखा लगाउन थाले , ब्यबस्थित प्लानिङ भएन, अब्यबस्थित शहरीकरण बढदै गयो । गाउँ गाउँ बाट मानिस हरु शहर पस्न थाले, शहरको मानिस बिदेश जान थाले , हुदाहुदै गाउँमा मान्छे मर्दा मलामि पाउन गार्हो हुन लागेको छ। गाउँमा खेतीपाती हुदैन जग्गा जमिन प्रायः बाझिएको छ। अब त शहरको मात्रै हैन गाउँ गाउँ बाटै युवा युवतीहरु सिधै बिदेशीन लागेको देखिन्छ । गाउँमा पढेलेखेका युवा युवती र बलिया बाङ्गा टाठाबाठा कोहि छैनन् गाउँ शहर काहिँ कतै पनि आमा बाबुले छोराछोरि नेपालमा राख्न सक्ने अवस्था छैन । कोहि कसैले रोकिहाले पनि बेरोजगार भएर बस्नुपर्ने छ , जागिर पाउन अत्यन्तै कठिन छ । बर्षै पिच्छे कभभ परिक्षामा ५÷ ६ लाख बिद्यार्थी उतिर्ण हुन्छन् । + द्द पनि ४÷५ लाख उतिर्ण हुन्छन् ब्याचलर लेवल मा पनि ३÷४ लाख त पास हुन्छन् ती बिद्यार्थीहरु काहा के गर्दैछन् । काहा जान्छन, कस्तो क्षमताको बिद्यार्थी लाई कुन ठाउँमा कस्तो रोजगरि दिने भन्ने राज्यको तर्फबाट खोजिनिति छैन चासो चिन्ता छैन । अनि किन नेपाल प्रति माया मोह हुन्छन् र ?
त्यही भएर बिदेशिएको हुन सक्छन् । यसरी ठूलो संख्यामा दैनिक युवाहरु बिदेशीरहदा भोलिको नेपाल कस्तो होला ?त्यसकारण पनि देशको उच्चस्तरको पदमा बस्ने प्रधानमन्त्री, मन्त्री , सचिव लगायत सम्पूर्ण सरकारि कर्मचारीहरु , प्राध्यापक शिक्षक कर्मचारी , राजनीति गर्ने नेता हु भन्नेहरुको , समाजसेवा गर्छु भन्नेहरुको , ठुलो ब्यापारीहरुको छोराछोरि कसैलाई पनि पढ्न र काम गर्न बिदेश पठाउन नपाउने नेपालमा नै सरकारि स्कुल कलेजमा पढ्नु पर्ने , सरकारि कार्यलय मा सेवा अनिवार्य गर्नुपर्ने बनाई दिउन । सर्वसाधारण गरिब किसानको छोराछोरि ऋण धन गरेर जोखिम मोलेर बिदेश किन जान्थे र ? एक पटक सोचौ
अहिले त झन गणतन्त्र भनेका छन केही न केही मा उफ्रेका छन, तातो छारो पाउने केही हैन जनताका छोराछोरि लडाका छन झगडा पारेका छन , नेताहरू गठबन्धन भनेर एकैठाउमा बसेर आफ्ना आसपासका नेताकार्यकर्ता हरु भर्ना गरि पालैपालो मोज गरिरहेका छन । बिगतमा सरकारले हदबन्दी मा राखेको सरकरि जग्गा जमिन, राजदरबारको राजपरिवारको नाममा रहेको सम्पत्तिहरु मा पनि राजनीति दल तथा दलका नेताहरू र सरकार समेतको सहयोगमा निजि कम्पनी हरुलाई दिएको भन्ने कुराहरू सुनिन्छ काहा सम्म सत्य हो उनिहरु नै जानुन। तर जाहा जे भए पनि राज्यको सम्पत्ति राज्यले संरक्षण गर्नैपर्छ । अब अति भैसकेको छ अहिलेको सरकारलाई ब्यबस्था टिकाउन र आफू कसरी सरकार मा रहिरहन सकिन्छ भन्ने भन्दा अर्को बिषयमा सोच्ने फुर्सद छैन ।
कसरी टिक्ला सरकार ? कसरी टिक्ला ब्यबस्था ?
जनता वाक्क दिक्क भएको छन , जनताले बिकल्प खोजिरहेका छन, दलको बिकल्प खोज्दै गर्दा बालेन ,हर्क हरु आएको छन जनतालाई राम्रो काम गरेर राम्रो सन्देश दिई रहेको छन। के के न गर्छौ भनेर टेलिभिजनमा कुर्लनेहरु दलको रुपमा आए र नयाँ पार्टीले रामै गर्ला कि भनेर जनताले मन बदलेर मत बदलि निर्वाचित गरेर पठाए तर उहीँ पुरानो दलहरू संग सत्ताभागबण्डा मा मिलेर खाईरहेको छन ।
त्यसैले राज्यमा नैतिक अनुशासनको लागि, राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा मर्यादित राष्ट्र नेपाल भनेर चिनाउन का लागि, बिदेशीको सामु नेपालीको शिर उच्च राख्नको लागि पनि नेपाल मा राजसंस्था आवश्यक छ भन्ने आमनागरिकले महसुुस गरिरहेका छन । नेतृत्व, निति र नैतिकता सबैभन्दा राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण मानिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रष्ट भनिरहेको छ । विभिन्न सामाजिक अभियानका अभियान्तहरु फरकफरक नाममा संगठन बनाएर अगाडि बढिरहेका छन, नेपाल को स्वतन्त्र बुद्धिजीवी, स्वतन्त्र पत्रकार, स्वतन्त्र ब्यबसायिहरु, पेशागत प्राध्यापक, डाक्टर, ईन्जिनियर , वकिल शिक्षक आमनेपाली नागरिक सर्वसाधारण जनताले प्रष्ट भन्नुपर्ने बेला भएको छ । कि यस्तै उकुसमुकुस ब्यबस्थामा रुमलिरहने हो, या यो ब्यबस्था बदलेर देश र नागरिकको अबस्था बदल्ने हो ? निर्णय सबै नागरिकको हातमा छ । जय राष्ट्र , जय जनता ।


















