गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गर्दै एमालेको कोटाबाट दुुई जना मन्त्री थपेका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता सुन्दास रहेका छन् । उनीहरु दुबैले आज सोमबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ । यसअघि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान अर्थ मन्त्री बनेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । गुरुङ र सुन्दास दुबै जना अधिकारीनिकट मानिन्छन् ।

















