रुरल डेभलप्मेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी प्रकरण : आन्तरीक कलह

sann news .com मा मिति २०८१ साल वैशाख २१ का दिन सहकारी ठगिमा एमाले नेता शीर्षकमा प्रकाशित समाचार प्रति आपत्ति जनाउदै रुरल डेभलप्मेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङ बाबु राई, सचिव विनोदमणि राईको फोटो र समाचार हटाई खण्डन छाप्न भन्दै sann news .com ईमेल मार्फत खण्डन पठाएका छन । तर आश्चर्यको कुरा के छ भने समचारमा उल्लेख गरिएका बिषयलाई पुष्टी गर्दै खण्डन पठाईको छ । खण्डनमा. काठमाडौं—२ लाजिम्पाटमा ठेगाना राखी स्थापना गरिए पनि सोह्रखुट्टेमा कार्यलय रहेको स्वीकार्दै सहकारी संस्था नेपाल रुरल डेभलप्मेन्ट फाउन्डसन संस्था अन्तरगत सञ्चालन भएको हुँदा उक्त संस्थाको ठेगाना भएको सोह्रखुट्टेमा सहकारी सञ्चालन गरेको दाबि गरिुको छ । हामीले समचारमा यहि कुरा लेखेका छौ । त्यस्तै केही बर्ष सञ्चालकहरुको आन्तरीक कलहको कारण मात्र विवरण समयमा बुझाउन पाएका छैनौं भनि खण्डनै स्वीकारीएको छ । ऋण लगानी समयमा नउठेको हुँदा सञ्चालकहरुले नै उठाई भुक्तानी गरि रहेकोमा सञ्चालक उपाध्यक्ष विव बहादुर राई र सञ्चालक सदस्य ईन्द्र कुमार राईले बाहेक अन्य सञ्चालक सदस्यहरुले दामासायीले उठाई रहेका दाबि गरिएको छ । जबकि बिब बहादुर र ईन्द्रकुमार राईले राजीनामा दिएको पत्रहामीलाई उपलब्ध भएको छ ।
त्यसै गरि पीडितहरुले यहि २०८० बैशाख २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीे दर्ता नं. सि. ०६८५६६ रहेको उजुर अख्तियारको क्षेत्राधिकार आकर्षित हुने गरी होईन र नक्कली उजूरीकर्ता खडा गरी निवेदन दिएको भन्ने छ । अख्तियारको क्षेत्र भित्र पर्ने नपर्ने अख्तियारले भन्ने कुरा हो । सहकारीका अध्यक्ष बा सचिबले भन्ने होईन । त्यसै गरी अध्यक्ष ,सचिब ,कोषाध्यक्षको मात्र नाम उल्लेख गरिकोमा गुनासो छ । कुनैपनि स्ांस्थाको बारे समाचार बनाउँदा कार्यकारी पदमा रहेकाको नाम र तस्बीर आँउछ सबै सदश्यको राख्न सम्भब हुदैन । समाचारलाई सन्तुलित बनाउन सरोकारबालको भनाई राख्नु पर्नेमा अध्यक्ष सचिबको भनाई नगएको सत्य हो तर यसमा फोन सम्पर्क गर्दा फोन नउठेको हो । यो खण्डन तयार गर्नु अघि पनि आईतबार ४ बजेर ४२ मिनेटमा ९८५११..३५४ मा ९८४१८२….७५बाट फोन सम्पर्क गर्दा फोन उठेन ।त्यसै गरि काठमाडौं महानगरपालिकाको सहकारी विभागमा उपाध्यक्ष विव बहादुर राई र सदस्य ईन्द्र कुमार राईले निवेदन दिएको संस्थालाई जानकारी भएको खण्डनमै स्वीकार गरिएको छ ।
सहकारीले सर्वसाधारणबाट उठाएको रकमबाट काठमाडौं भिमढुङ्गामा १३ लाख रुपैंयाँमा १ रोपनी खरीद गरेको छ भनि समाचार सम्प्रेषित गरिएतापनि संस्थाको नाममा २७ आना जग्गा कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका तामाङ्गको नाममा रहने तर संस्थाकै हुने गरी दर्ता गरिएको हो । सो कुरा संस्थाको बर्षिक अडिट रिर्पोटमा नै उल्लेख गरिएको छ भनि खण्डनमै समाचारमा उठाएको बिषय स्वीकारीएको छ । यसबाट पनि के पुष्टी हुन्छ भने सान न्युजको समाचार तथ्यमा आधारित छ ।