उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल पुन: विभाजन भएको छ । १७ बर्ष अघि देखि पार्टी संचालन गर्दै आएका उपेन्द्र यादबको पार्टी धेरै पटक फुट्ने र जुट्ने गर्दै आएको छ । त्यसकै पछिल्लो संस्करण हो अशोक राईले गरेको बिभाजन । सुरुमा एनजीओको रुपमा ‘मधेशी जनअधिकार फोरम’ दर्तां गरि मधेशमा सक्रिय उपेन्द्र यादब लगायतका नेताले २०६४ वैशाखमा त्यसैलाई पार्टीका रुपमा दर्ता गरेका थिए । तर यो बिचमा यादबले आफ्नो पार्टीलाई एकीकृत राख्न सकेनन धेरै पटक फुट्ने र जुट्ने खेल चलिरहयो । यस अघि भाग्यनाथ गुप्ता, विजयकुमार गच्छदार, जेपी गुप्ता, सरिता गिरी, महन्थ ठाकुर, राजेन्द्र महतो , दान बहादुर बिक , डा बाबुराम भट्टराई जस्ता नेताले पार्टी अलग बनाएका थिए ।पछिल्लो पटक सोही पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वको निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको नाममा दल दर्ताका भएको छक् ।
एक समय मधेशका मसिहा ठानिने उपेन्द्र यादब २०७९को निर्वाचनामा जनमत पार्टीका अध्यक्ष सीके राउतको उदयले कमजोर बने । २०७९ मंसिरको निर्वाचनमा सप्तरी– २ मा राउतले यादवलाई पराजित गरिदिएपछि यादब सांसद बन्न सकेनन । त्यस पछि सत्ताबाहिर बस्न नसक्ने यादबले आफ्ना बिश्वास पात्र रामसहायक यादबलाई सांसद पदबाट राजीनामा गर्न भनि उपराष्टपति बनाए र उनको निर्वाचा क्षेत्रबारमा उपनिर्वाचना गराई बाराबाट सत्ता गठबन्धनको आडमा जेनतेन जितेका थिए । यसै पनि ओरालो लागेका उपेन्द्र, पार्टी बिभाजन संगै मधेशको राजनीतिमा कमजोर देखिएका छन । बिष्लेषकहरु भन्छन अब उपेन्द्र यादबको ओराले यात्रा सुरु भयो ।
यसकारण विभाजन भइरहन्छ उपेन्द्रको दल
उपेन्द्र यादबको पार्टी किन बिभाजन भईरहन्छ ? प्रश्न उठ्नु स्वभाबिक हो । उनलाई नजिकबाट भोग्नेहरु भन्छन पार्टी बिभाजन हुनुमा मुख्य कारण उपेन्द्र यादबकै अलोकतान्त्रिक कार्यशैली हो ।सहकर्मीहरुले बताउँछन उनमा सामुहिक रुपमा छलफल गर्ने , सामुहिक निर्णय गर्ने , आलोचना सहने संस्कार छैन । जसको कारणले पटक पटक उनी नेतृत्वको पार्टी बिभाजन हुन्छ । यतिमात्र होईन उनमा जातीय र क्षेत्रीयताबादी संकिणता पनि बढी रहेको उनीहरु बताउँछन । उनमा, जातिमा मधेश प्रदेशका यादब त्यसमा पनि पुर्बी मधेशका यादब र क्षेत्रमा सिङगो देश नभई मधेश मात्र छ । मधेशमा पनि बिहारका लालु यादबको सिको गर्दै यादब र मुस्लीम गठबन्धन बनाउँ छन । यस अधि लालबाबु राउत मधेशको मुख्यमन्त्री त्यही आधारमा बनेका थिए । अहिले त्यो सुत्र पनि काम नलाग्ने भएको मधेश मामिलाका जानाकारहरु बताउँछन । त्यसोत सरकारमा जाने वा नजाने गए को मन्त्री बन्ने भन्ने बिषयमापनि यादबको दल बिभाजन हुने गरेको छ । जस्तो कि २०६४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम बिभाजन गरी बिजय कुमार गच्छदार माधवकुमार नेपाल नेतृत्वको सरकारमा गएका थिए ।यस्तै २०७८ पनि महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओली नेतृत्वको सरकारमा जान जसपाको विभाजन गरेका थिए । त्यसो त नेपालको राजनीतिमा बिदेशी चलखेल पनि राम्रैसंग हुने गर्दछ । बामपन्थी पृष्ठभुमिका यादब चाईना र युरोपियनहरुका निकट मानिन्छन । उनको पार्टीमा भारत खेल्ले गरेको पनि चर्चा चल्ने गदर्दछ ।
यसै गरि यादबले सरकारमा हुदाँ गर्ने सरकारी नियुक्ति देशलाई योगदान दिएका वा पार्टी भित्र योगदान दिएका भन्दा पैसा खाएर नियुक्ति गर्ने गरेको आरोप पनियादब माथि छ। पार्टी फुटको अर्कोकारण आर्थिमामिला भएको पनि पार्टीकै नेताहरुले बताउँछन ।




















