skip this वडा नं १६ बालाजु च:मती

जेनजी आन्दोलनको भावना अनुरुप काम गर्न म उम्मेदवार बने : सबिन सिग्देल ,काठमाडौं निर्वाचन क्षेत्र नं. १ उम्मेदवार एंव अध्यक्ष प्रगतिशिल नागरिक पार्टी ।

देशको राजधानी काठमाडौ, काठमाडौको पनि केन्द्र काठमाडौंको निर्वाचन क्षेत्र नं. १ जहाँ मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राजनीतिको केन्द्र संसद भवन र न्यायिक केन्द्र सर्वाेच्च अदालत रहेका छन । भाद्र २३ र २४ गतेको जेन्जी बिद्रोहको केन्द्र पनि यहि क्षेत्र थियो । त्यसैले पनि २०८२ फागुनमा हुने निर्वाचनमा काठमाडौको निर्वाचन क्षेत्र नं १ मा कस्ले जित्ला भन्ने सबैतिर चासो देखिन्छ । यहि क्षेत्रमा जेनजी आन्दोलनको भावना पुरा गर्ने भन्दै ३३ बर्षिय युवा उम्मेदवार सबिन सिग्देल पनि उम्मेदवार हुनुहुन्छ । प्रगतिशिल नागरिक पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका सिग्देल
पुराना दललाई चुनौती दिदै प्रगतिशिल लोकतान्त्रिक पार्टीको चुनाब चिन्ह आँखा लिएर चुनावी मैदानमा हुनुहुन्छ । ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक दृष्टिले महत्वपूर्ण काठमाडौ क्षेत्र नं १मा तीव्र सहरीकरण, बढ्दो जनसंख्या, अव्यवस्थित पूर्वाधार, बेरोजगारी, प्रदूषण र सेवा प्रवाहमा देखिएका समस्याहरूले नागरिकको जीवनस्तरमा प्रत्यक्ष असर पारेको ती समस्या समाधानमा पहल गर्ने उहाँले बताउँनुभयो ।

जनताले अब केवल आश्वासन होइन, स्पष्ट योजना, पारदर्शी नेतृत्व र परिणाममुखी कार्यशैली खोजिरहेको बताउदै सबिन सिग्देलले सुशासन, समृद्धि र समावेशी विकासलाई केन्द्रमा राखेर काम गर्ने दाबी गर्नुभयो । काठमाडौं–१ लाई व्यवस्थित, सुरक्षित, समृद्ध र अवसरयुक्त क्षेत्र बनाउने र जेनजीको आन्दोलनको भावना पुरा गर्ने दृढ संकल्पका साथ आफु चनावी अभियानमा सिक्रय भएको सान न्युजसंग बताउदै सिग्देलले आफुले निन्न प्रतिबद्धता अगाडी सारेको बताउनुभयो ।

१. जेनजी आन्दोलनको भावना अनुरुप नीति निमार्ण तहमा पुगेर हस्तक्षेपकारी भुमिका निभाउने ।
२ सडक, ढल, खानेपानी, बिजुली र सार्वजनिक यातायातको दीर्घकालीन गुरुयोजना बनाई त्यसको प्रभावकारी कार्यान्वयन गर्ने ।
३ प्रत्येक घरमा पर्याप्त, सुरक्षित र नियमित खानेपानी पुर्‍याउन बितरण प्रणालीमा सुधार गर्न दवाब दिने ।
४.सामुदायिक विद्यालय सुदृढीकरण, डिजिटल कक्षा सञ्चालन, प्राविधिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिने ।
५ काठाडौको निर्वाचन क्षेत्र नं १ केन्द्रीय स्तरका स्वास्थ्य संस्था समेत भएको ती अस्पत्तालमा स्थानीयलाई सह्लियत पुर्ण स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्ने ।
६.सीप विकास तालिम, स्टार्टअप अनुदान, सहुलियत ऋण तथा स्वरोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन पहल गर्ने ।
७ भष्टाचार नियन्त्रण र शुसाासनका निम्ती .सार्वजनिक खर्चको पारदर्शिता, सामाजिक लेखापरीक्षण अनिवार्य र उत्तरदायी शासन प्रणाली स्थापनामा जोड ।
८ समान अवसर, क्षमता विकास कार्यक्रम र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित।
९ .वृद्ध, अपाङ्ग, एकल महिला र असहाय नागरिकका लागि सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने ।
१० ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण खट्ने ।
११. सार्वजनिक जग्गा तथा खुला स्थान संरक्षणका साथै गुठी, पार्टी पौवा, चौर तथा सार्वजनिक सम्पत्तिको संरक्षण र प्रभावकारी उपयोग गर्ने नीति बनाई लागु गर्न लागि पर्ने ।
१२.खेल मैदान संरक्षण, स्तरोन्नति तथा युवामैत्री रचनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
१३. पर्यावरण संरक्षण र हरित अभियान बढवा दिन वृक्षारोपण, हरित क्षेत्र विस्तार, प्रदूषण नियन्त्रण र वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली बनाउन लागि पर्ने ।
अन्त्यमा सिग्देलले भन्नु भयो “जनताको विश्वास नै मेरो शक्ति हो। पारदर्शी नेतृत्व, स्पष्ट योजना र परिणाममुखी कार्यदिशासहित काठमाडौं–१ लाई सुशासन, समृद्धि र समावेशी विकासको नमुना क्षेत्र बनाउने मेरो दृढ अठोट छ।”।