skip this वडा नं १६ बालाजु च:मती

सरकारै लागेर सिध्यायो यी नेतालाई !

काठमाडौं । पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको बर्तमान सरकार आफ्नो बिरोध गर्ने नेतालाई पार्टी भित्रबाटै सिध्याउने खेलमा लागेको पाईएको छ । प्रचण्ड सरकारको बिरोध गर्ने बाबुराम भट्टराईको पार्टी बिभाजन गरेर सुरु गरेको खेल महन्थ ठाकुर , रेशम चौधरी हुदै अहिले उपेन्द्र यादब सम्म पुगेको छ । माधब नेपाल र रबि लाछिानेले पनि सरकारको बिरोध गरे यहि नियति भोग्नु पर्ने अप्रत्यक्ष शन्देश दिएको पनि बुझिएको छ ।
बाबुरामका सांसदलाई मन्त्रीको प्रलोभन
बाबुराम भट्टराईले प्रचण्ड सरकारको बिरोध गरेपछि प्रचण्डले भट्राई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटाई बाबुरामलाई एक्लै पारीदिएका छन । नेकपा (माओवादी केन्द्र) सँग तत्काल पार्टी एकता गर्ने कि नगर्ने भन्ने बिषयमा पार्टीमा बिवाद भईरहेको बेला प्रचण्डले आफ्नै पहलमा बाुरामको पार्टी फुटाएका थिए । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण अहिलेको आवश्यकता’भएकोमा जोड दिदै माओबादीसंग मात्र पार्टी एकता गर्न नहुने बताउँदै प्रचण्ड नेतृत्वको सरकारको बिरोध गरे पछि प्रचण्ड रिसाएका थिए । त्यसपछि प्रचण्डले आफ्नै उपस्थीतिमा प्रम निवास बालुवाटारमा अर्का अध्यक्ष महेन्द्र यादब , सह–अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिब रमेश यादबलार्ई बोलाई नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गरेको पत्रमा हस्ताक्षर गराएका थिए । महेन्द्र यादबलाई मन्त्रीपद , गंगानारायण श्रेष्ठलाई प्रदेशको मन्त्रीमा निरन्तरता , महासचिब रमेश यादबकी श्रीमती उमरावती यादब जो सांसद छन उनलाई राम्रो संसदिय समिती दिने बचन दिदै प्रचण्डले बाबुरामको पार्टी फुटाएको बाबुराम पक्षको आरोप छ ।
रेशमलाई उनकै श्रीमती प्रयोग गरेर सिध्याउने प्रपञ्च
प्रचण्ड सरकार लागे पछि के सम्म हुन्छ भन्ने उदाहरण बनेका छन रेसम चैधरी । पहिला सरकारले नै जेलबाट छुटाएका रेशम चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगरे पछि अहिले सरकार कै योजनामा रेसमलाई सिध्याउने खेल चलि रहेको छ । मान्छेले जानेन वा परिवन्दलाई चिर्न सकेन भने के हालत हुन्छ भन्ने उदाहरण बनेका छन्, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी । देशी विदेशी तत्वको ग्राण्ड डिजाइनमा गराइएको टीकापुर घटनाको एक्लो जिम्मेवारी बोक्न बाध्य रेशमलाई पछिल्लो समय आफ्नै श्रीमती प्रयोग गरेर सिध्याउने प्रपञ्च भएको छ । जसका कारण पछिल्लो समय रेशम निकै चिन्तामा परेका छन् ।
आफू जेल परेपछि काठमाडौंकी नेवार्नी कान्छी श्रीमतीलाई पार्टी अध्यक्ष बनाएका रेशमका लागि तिनै श्रीमती अहिले गर्धनमाथिको तरबार बनेकी छन् । रेशम जेलमै रहँदा ठूलो चलखेल गर्न शिपालु बनेकी श्रीमती रञ्जिताले पछिल्लो समय रेशमलाई दिएको यातना बयान गरिसाध्य नभएको गुनासो रेशमले आफू निकटहरुसंग गर्ने गरेका छन् । घरभित्रकै शत्रुसंग लड्न ज्यादै कठीन हुने रैछ भन्दै रेशमले आँसु झार्ने गरेका छन् । रेशम जेलबाट निस्केदेखि नै उनीहरुबीचको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । पछिल्लो समय जब केन्द्रमा सत्ता गठबन्धन बदलियो त्यसपछि उनीहरुको घरायसी सम्बन्ध सडकमा पोखियो । रञ्जिता कुनै पनि हालतमा रेशमलाई फेरि पार्टीमा जम्न दिन नदिने पक्षमा रहेकी छन् । रेशमले त्यो पनि बुझेका छन् । निर्वाचन आयोगले आफूलाई पार्टी अध्यक्ष बन्नबाट रोक लगाएको घटनालाई पनि रेशमले मिलेमतोको खेलको रुपमा बुझ्न थालेका छन् । अझै पछिल्ला दिनहरुमा श्रीमती रञ्जिताले सर्वोच्च अदालतदेखि सडकसम्म प्रदर्शन गरेको खेलबाट रेशम दिक्क हुने गरेको बुझिएको छ । तर सुदूरपश्चिमको तराइका जिल्लाबाट उनको पार्टीलाई प्राप्त जनमत रञ्जिताका लागि होइन, आफ्नै नाममा आएको हो भन्ने बुझेका रेशमले अर्काे चुनावताका मात्रै कठोर कदम चाल्नका लागि अहिले धैर्यता राखेका छन् ।
सरकार लागे पछि के सम्म हुन्छ भन्ने उदाहरण बनेका छन रेसम चैधरी । पहिला सरकारले नै जेलबाट छुटाएका रेशम चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगरे पछि अहिले सरकार कै योजनामा रेसमलाई सिध्याउने खेल चलि रहेको छ
राता रात अशोकलाई प्रयोग गरी उपेन्द्र आउट
जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव प्रचण्ले जे भन्यो त्यही मान्ने नेता हुन । प्रचण्डले भनेको मानेपछि प्रचण्डले आफ्नै कार्यकर्तालाई गौरमा लखेटि लखेटि मार्ने उपेन्द्र यादब माथि मुद्धा चलाउन दिएनन । तर उपेन्द्रले पछिल्लो समय प्रचण्डलाई साथ नदिने खेलमा रहेको सुचना पाए पछि प्रचण्ड सरकार कै योजनामा उनलाई सिध्याउने खेल भयो । अप्रिल ३० देखि मे ३ तारिखसम्म यूएन सेक्रेटरियट न्यूयोर्कमा भएको विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै यादव अमेरिका गएका थिए । केही दिनअघि यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी पार्टी नेपाल(जसपा) उनी अमेरिकामै हुदा दुई टुक्रा भएको छ ।
यादव अमेरिकबाट काठमाडौं आइनपुग्दै जसपा विभाजन गरेर संघीय परिषद् अध्यक्ष अशोक राईले नयाँ दल खोलिसकेका थिए जसपाका १२ मध्ये ७ सांसद राईले लगिसकेका छन् ।के पी ओलीले त उपेन्द्र यादबलाई पहिला देखि नै सिध्याउन खोजेका थिए , अब प्रचण्ड पनि लागे पछि उपेन्द्र यादबको पार्टी प्रतिनिधिसभामा १२ सिटबाट घटेर ५ मा सीमित भएको छ । अशोक राईले जनता समाजवादी पार्टी(जनता समाजवादी)लाई निर्वाचन आयोगमा दर्ता गरेर प्रमाणपत्रसमेत लिइसकेका छन । उपेन्द्रलाई बढी कुरा गरे गौर काण्ड ब्युझन छ भन्ने चेतावनी दिए पछि मन अमिलो पार्दै यादबले प्रचण्ड सरकारलाई दिएको समर्थन जारी रहने बताएका छन ।
महन्त बिरुद्ध राजेन्द्र महतो प्रयोग
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिचमा काग्रेसको पक्षमा जाने सुचना सरकारकोमा पुग्यो । भारतका केही सुत्रको निर्देशनमा महन्त काग्रेस खेमामा लाग्दैछन भने पछि उनको पार्टी फुटाईयो । वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गर्दैे पार्टी परित्याग गरे । पार्टी फुटाए पछि राजेन्द्र महतो निकै क्रान्तिकारी भएर निस्किएका छन् । महतोले शेर्पादेखि मधेशीसम्म र दलितदेखि जनजातिसम्मका केही ब्यक्ति समेटेर प्रदर्शन गर्ने गरेका छन् । रोगी र जीर्ण शरिर लिएर राजेन्द्र महतो किन सडकमा छन् त ? अर्थात उनलाई कसले उचालेको छ ? भन्ने प्रश्न महत्वपूर्ण भएको छ । महतोको पछि लागेर हिंड्नेमा गत स्थानीय चुनावमा काठमाडौंको मेयरमा पराजित सुमन सायमी पनि देखिने गरेका छन् । सवैतिरबाट एक्लिएका चर्को जातिवादी सायमी पछिल्लो समय राजेन्द्र महतोको लाइनमा पुग्नुलाई पनि अर्थपूर्ण मानिएको छ । तर महतोलाई चाहीँ कसले उचालेको छ त भन्ने महत्वपूर्ण हो । उनले जसरी खर्च गरेका छन त्यो कतै बाट आएको र महन्त किरुद्ध प्रयोग गर्न सरकाले थाहा नपाए जस्तो गरेको बुझिएको छ ।