skip this वडा नं १६ बालाजु च:मती

विभिन्न देश पठाइदिन्छु भन्दै ४५ लाखबढी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै ४५ लाख भन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका बस्ने ३८ वर्षीय वकिल बहादुर आले र तनहुँ ऋषिङ गाउँपालिका घर भई काठमाडौं गोंगबु बस्ने ३४ वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् । 

पक्राउमध्ये वकिल बहादुरले क्यानडा पठाईदिन्छु भन्दै ६ जना पीडितहरूबाट ३६ लाख रूपैयाँ ठगी गरेको र धर्मेन्द्रले युके पठाईदिन्छु भन्दै दुई जना पीडितहरूबाट नौ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले वकिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा गाउँपालिकाबाट र धर्मेन्द्रलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।