ताप्लेजुङस्थित आठराई त्रिवेणी गाँउपालिका हाङपाङ वडा नं.३ मा रहेको हाङपाङ धोद्रे मिचिरिङ खानेपानी योजनामा लाखौंको भ्रष्टाचार भएको समाचार हामीले यस अघिनै प्रकाशित गरेका थियो । अहिले सोही परियाजनाले पुराना पाईप राखेर काम अगाडी बढाई रहेको छ । काम गर्दा पाईप जति गहिराईमा राख्नु पर्ने त्यो पनि नभएको स्थानियले बताउक्ँ छन । सो परियोजनामा काम सुरु हुनुभन्दा अगाडि नै गाउँपालिकाले ५८ लाख रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परि सकेको छ । निवेदनका सम्बन्धमा बुझ्न खोज्दा निवेदक आङ्बोहाङले गाउँपालिका अध्यक्ष पोमुले आफ्नै नाममा रहेको फर्म आफू गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभन्दा पाँच दिन अगाडि आफ्नो श्रीमतीको नाममा नामसारी गरिदिएका थिए । सोही कम्पनीको नाममा अध्यक्ष पोमुले ठेक्का लिएर कामै नगरी रकम भुक्तानी गरेको अख्तियारमा दर्ता उजुरीमा उल्लेख छ ।

















