उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहित वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पदबाट राजीनामा दिएका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवको प्रेस सल्लाहकार महेश चौरसियाले बताए ।
उनीहरुले राजीनामा दिएसँगै जसपा सरकारबाट बाहिरिएको छ । दुबैजनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पार्टी फुटसँगै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल संघ सरकारबाट बाहिरिएको हो । मधेशमा पनि जसपा नेतृत्वको सरकारलाई माओवादी र एमालेले समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको गृहकार्य थालेका छन् ।




















