प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी रहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल जारी रहेको हो ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय छानबिन समिति नबने भोलि सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुन नदिने निर्णय गरेपछि संसदीय छानबिन समिति बनाउने विषयमा छलफल गर्न दुई नेताबीच छलफल भएको बताइएको छ । ओली अझै पनि संसदीय छानबिन समिति बनाउन नहुने पक्षमा उभिएका छन् ।

















