काठमाडौँ । लगातार संसद अबरुद्ध गर्दै आएको नेपाली कांग्रेस केही लचिलो भएको छ । आज सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएसंगै काग्रेस लचिलो देखिएको हो । काग्रेस सोतका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

















