गृहमन्त्रीको राजीनामा माग्दै तरुण दल सडकमा

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी तरुण दलका नेता–कार्यकर्ताले गृहमन्त्रीको राजीनामा र उनीमाथि अनुसन्धान गर्न माग गरेका छन् । बुधवार सो सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो ।