बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि धरौटीमा रिहा

वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन् । प्रहरीका अनुसार कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी पाँच लाख धरौटीमा बिहीबार साँझ रिहा भएका हुन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी गायक ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।