skip this वडा नं १६ बालाजु च:मती

बेनी अस्पताललाई सिटिजन्स बैंकद्वारा वाटर फिल्टर सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्याग्दीको बेनी अस्पताललाई आरवो वाटर फिल्टर सहयोग गरेको छ । बैंकले बेनी अस्पतालमा आज आयोजित एक कार्यक्रमबीच अस्पताललाई दुई वटा वाटर फिल्टर हस्तान्तरण गरेको हो ।

अस्पतालमा सुरक्षित खानेपानीको अभावका कारण बिरामीहरुलाई कठिनाईका साथसाथै स्वास्थ्यकर्मीहरुलाई पनि सेवा प्रवाहमा असहजता भएको पाइएकाले सो सहयोग गरिएको बैंकले जनाएको छ ।