काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।
आज बसेको बैठकमा रबि लामिछानेको विषय समेट्ने गरी कार्यादेश (टीओआर) बनाउन सहमति जुटेको एक सदस्यले बताए । यद्यपि अहिले कार्यदलमा सहमतिको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको छ ।
गृहमन्त्री समेत रहेका लामिछानेले पनि आफ्नो विषय समेट्न आफूलाई कुनै फरक नपर्ने भनेर पार्टीमा भनेका थिए ।
सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।

















