विपद् अध्ययन गर्न राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई विशेष समिति बैठक बस्दै

प्राकृतिक विपद्सम्बन्धी अध्ययन तथा अनुगमनका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाअन्तर्गतका दुई संसदीय विशेष समितिको बैठक आज बस्दै छन् ।
राष्ट्रिय सभा अन्तर्गत नेपाली कांग्रेसका कृष्ण पौडेल नेतृत्वको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक सिंहदरबारमा जारी छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रतिनिधिसँग छलफल भइरहेको छ ।

त्यसैगरी, प्रतिनिधि सभा अन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’को बैठक पनि आज बस्दै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली सभापति रहेको उक्त समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा आह्वान गरिएको छ । प्राकृतिक विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा अध्ययन र अनुगमन गर्न दुवै समितिका बैठक बोलाइएको हो ।