नेप्से २३.९४ अंकले बढ्यो

साताको तेस्रो दिन नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से सूचक २३.९४ अंकले बढ्दै २१ सय १५ अंकमा उकालो लागेको हो । मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स पनि ३.५३ अंकले बढ्दै ३७७.६० अंकमा उक्लिएको छ । करिब २४ अंकले नेप्से बढेको यसदिन ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

डेभलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक बाहेक अरू ११ वटा उपसूचक धनात्मक भएका छन् । डभेलपमेन्ट बैंक समूह र ट्रेडिङ समूहको उपसूचक भने क्रमश: ०.२९ प्रतिशत र ०.५३ प्रतिशतले घटेका छन् ।

जानकी फाइनान्स कम्पनी, निरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समान १० प्रतिशतले बढेका छन् भने दर्जन बढी कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेका छन् ।