काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देखि सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध सडक आन्दोलन थालेको छ ।सोक्रममा काग्रेसले आज राजधानीको भृकुटीमण्डपमा सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्र र बिभिन्न भातृ एवं शुभेच्छुक संगठनको सहभागितामा काग्रेसले शक्ति पर्दशन गरेको हो ।
कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर काग्रेसले उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न एमाले पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाउनु भयो । उहाँले सहकारी ठगीमा संसदीय छानबिन समिति गठन नचाहनुको चार कारण रहेको समेत बताउनु भयो । शर्माले दुई वटा राहदानी हुनेले गृह मन्त्रालय चलाएको र दुई वटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै ती उपर छानबिनको माग गर्नु भयो ।


















