राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टीस्टेट घोटालाको छानबिन गर्न माग गरेको छ । राप्रपाले सरकारसँग आज सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन् । यस प्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ ।’


















