२०८१/०८२ को बजेट: आर्थिक सुधारको वर्ष हुने

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने बताएका छन् । आज मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्ने क्रममा उनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन् ।

उनले सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताएका छन् । समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको उनले बताए । उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन् ।